मुख्य समाचार
रसुवा बाढीमा बेपत्ता भएका आफन्तको खोजीका लागि परिवारका सदस्यले गरेको आग्रहमा सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहारप्रति आपत्ति
रसुवा बाढीमा बेपत्ता भएका आफन्तको खोजीका लागि परिवारका सदस्यले गरेको आग्रहमा सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहारप्रति आपत्ति

। नेपाली कांग्रसकी सांसद सीता थपलिया ‘उर्मिला’ ले रसुवा बाढीमा बेपत्ता भएका आफन्तको खोजीका लागि परिवारका सदस्यले गरेको आग्रहमा सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले आफन्तको खोजीका लागि परिवारका सदस्यले गरेको आग्रहमा सामाजिक सञ्जालमार्फत भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी हुन् ।

‘नागरिकको अभिभावक सरकार हो । विपत्तिका कारण आफ्ना परिवारका सदस्य गुमाएका वा हराइरहेका परिवारको खोजी गरिदिन सरकारसँग आग्रह गर्दै बोलेका भिडियोहरूमा हाम्रै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले गरेका केही टिप्पणीहरू पढ्दा झनै दुःख लागेको छ,’ सांसद थपलियाले भनिन् ।

उनले संवेदनशील समयमा पनि सामाजिक सञ्जालमा अरूको पीडामाथि तल्लो स्तरमा पुगेर टिप्पणी गर्ने हिम्मत कसरी आउँछ भन्दै प्रश्न गरिन् ।



‘यस्तो दुःखद् र संवेदनशील समयमा पनि सामाजिक सञ्जालमा अरूको पीडामाथि यसरी तल्लो स्तरमा पुगेर टिप्पणी गर्ने हिम्मत कसरी आउँछ ?,’ थपलियाले सोधिन्, ‘के हामीभित्रको मानवता यति धेरै हराइसकेको हो ?’

सांसद थपलियाले अरूको दुःखलाई मजाक नबनाउन आग्रह पनि गरिन् । ‘कृपया अरूको दुःखलाई मजाक नबनाऔं । आज अरूमाथि परेको विपत्ति भोलि हामीमाथि पनि पर्न सक्छ,’ उनले भनिन्, ‘सबैको घरपरिवार सुरक्षित रहोस्, कसैले पनि यस्तो विपत्ति भोग्न नपरोस् ।’

उनले त्रिशूली नदीमाथि रहेको फुर्के खोलाको पक्की पुल बगाउँदा धादिङ सदरमुकाम र राजधानीसँगको सडक सम्पर्कमा गम्भीर समस्या उत्पन्न भन्दै तत्काल बेलिब्रिज निर्माण गरी सडक सम्पर्क पुनर्स्थापित गर्न सरकारसँग माग पनि गरिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपा सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडा खत्रीले जेनजी शहीदहरूले कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सांसद खतिवडाले उक्त प्रश्न गरेकी हुन् । उनले हिजो (मंगलबार) जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभामा बोलाउँदा पनि प्रधानमन्त्री वालेन्द्र शाह नआएको भन्दै आपत्ति जनाइन् । उनले प्रधानमन्त्रीलाई निमन्त्रणा दिएर ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले बाढीपछिको प्रतिकार्यबारे सरकारको बचाउ गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले उद्धार, उपचार र राहतका तत्परताका साथ काम गरिरहेको उनले बताएका हुन् । ‘यो विपत्तिमा पनि सरकारको कामलाई सरकार र विपक्षीको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ । विपत्तिको सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार ...
। नेपाली कम्युनिस्ट पार्टीले संघीय संसद् सचिवालय परिसरमा जेनजी शहीदहरूको मात्रै सालिक किन राख्न खोजिएको हो भनेर प्रश्न उठाएको छ । बुधबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्दै सांसद बलावती शर्माले भनिन्, ‘सरकारले संघीय संसद् परिसरमा सबै क्रान्ति र आन्दोलनका शहीदरूलाई वेवास्ता गर्दै जेनजी शहीदहरूको मात्रै संसद् परिसरमा संसद् सचिवालयको जानकारी र स्वीकृति बिना नै सालिक अनावरण गर्नुको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले महाविपद्का बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर टीकाटिप्पणी र कटाक्ष गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । ‘यो महाविपद्को समयमा सर्वस्व गुमाएका स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र ...
। नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारले जेनजी आन्दोलका क्रममा आन्दोलनकारीमाथि गोली चलाउने माथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले जेनजी आन्दोलका क्रममा आन्दोलनकारीमाथि गोली चलाउने माथि कारबाही गर्न सरकारसँग माग गरेका हुन् । ‘गोली खानेलाई किन तारिख–मुद्दा, गोली हान्नेलाई अहिलेसम्म किन कारबाही गरिएन भन्ने प्रसंग आयो । त्यसमा मेरो पनि समर्थन ...