मुख्य समाचार
‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति
‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति

। ‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति दिएका छन् । मंगलबार राति होटल सोल्टीमा आयोजित समारोहमा नेपाली कला, संस्कृति र मौलिकता दर्शाउने पहिरनमा आफूलाई प्रस्तुति दिए ।

उक्त फेसन-शोको उद्देश्य नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनु रहेको आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले जनाएको छ ।

रन-वेका लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी खेतान, युमी चौधरी, आकृति पुनमगर, विनिता मगर, दिव्या, रफिशा रोक्का, मोनिका, सृष्टि थापा, विमल पुन, सृष्टिका शाक्य, दीप गौतम थापा, सोलमेट बुटिक, मसुली चदार र हेमा जैगडी लगायतका डिजाइनरले पहिरन तयार गरेका थिए ।

सो अवसरमा मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक संगीता पुरीले मन्तव्य राखेकी थिइन् । उनले भनिन्, ‘यो यात्रा सहज थिएन । धेरै चुनौती आए, तर हामी युवा मिलेर निरन्तर मेहनत गर्दै यो कार्यक्रमलाई सफल बनाउँदै यहाँसम्म ल्याउन सफल भएका छौँ ।’

आयोजकका अनुसार ग्रान्ड फिनाले सेप्टेम्बर महिनाभित्र आयोजनाको तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेपाल-तिब्बत सीमामा आएको विनाशकारी पहिरो र आकस्मिक बाढीपछि हलिउड अभिनेता रिचर्ड गेरेले नेपाल र तिब्बतका जनताप्रति ऐक्यबद्धता जनाएका छन् । ‘आज मेरो मन नेपाल र तिब्बतका जनतासँग छ,’ गेरेले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा लेखेका छन् । गेरेको नेपाल र तिब्बतसँग करिब ५० वर्षदेखि गहिरो सम्बन्ध छ । उनी सन् १९७८ मा ब्राजिलियन चित्रकार सिल्भिया मार्टिन्ससँग पहिलोपटक ...
। यही भदौ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा लिच्छवि सिनेमा फेस्टिभलको पहिलो संस्करण आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिका र युरोपेली युनियनको सहयोगमा कला तथा सांस्कृतिक केन्द्र लिच्छवि हाउसले यो महोत्सव आयोजना गर्न लागेको हो। फिस्टिभलमा नेपाली र अन्तर्राष्ट्रिय सिनेमाबीच नयाँ संवादको सुरुवात गर्ने लक्ष्य राखिएको छ । फेस्टिभलमा एसिया तथा विश्व सिनेमाका १० वटा ...
विश्वभरका देश, अन्तर्राष्ट्रिय संस्था, फिल्म, टेलिभिजन तथा गेमिङ उद्योगका अगुवा, सर्जक, महोत्सव र सांस्कृतिक संस्थाका प्रतिनिधिले सोमबार सेन्ट-पल-दे-भेन्समा आयोजित लुमिएर समिटमा ‘सिनेमा र मुभिङ इमेजको भविष्यसम्बन्धी लुमिएर घोषणापत्र’ पारित गरेका छन् । फ्रान्स र दक्षिण कोरियाले संयुक्त रूपमा प्रस्तुत गरेको तथा दुवै देशका राष्ट्रपतिको सह-अध्यक्षतामा आयोजित समिटबाट पारित घोषणापत्रले १५ सिद्धान्त अघि सारेको छ । घोषणापत्रमा ...
। सौन्दर्य प्रतियोगिता ‘मिस कस्मो’ले भोटेकोशी बाढीबाट प्रभावितका लागि राहतस्वरूप १० हजार अमेरिकी डलर प्रदान गरेको छ । शनिबार भियतनाममा आयोजित मिस वर्ल्डको फिनालेका क्रममा कस्मो इन्टरनेसनलका प्रतिनिधिले मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरलाई उक्त रकम प्रदान गरेका हुन् । हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले उक्त रकम बुझेका छन् । राहतस्वरूप प्राप्त रकम तत्काल प्रधानमन्त्री दैवीप्रकोप ...
जुलाईको अन्त्यमा ब्लकबस्टर सुरुवात गरेयता ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ लगातार चर्चामा छ। कोलाइडरका चार्ली रिज्लीले यसलाई ‘२० वर्षयताकै उत्कृष्ट स्पाइडी एडभेन्चर’ भनेका छन्। २०२५ मा रिलिज भएका ‘द फ्यान्टास्टिक फोरः फर्स्ट स्टेप्स’, ‘थन्डरबोल्ट्स’ र ‘क्याप्टेन अमेरिकाः ब्रेभ न्यू वर्ल्ड’ अपेक्षाअनुसार सफल हुन नसकेपछि सन् २०२६ को मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू) को पहिलो ठूलो फिल्मप्रतिको अपेक्षा यसअघिका ...