मुख्य समाचार
बाढीले नुवाकोटको देवीघाटमा रहेको पुल बगाएपछि अवरुद्ध बनेको त्रिदेशीय सडकमार्ग सुचारु गर्न बेलिब्रिज निर्माण कार्य धमाधम
बाढीले नुवाकोटको देवीघाटमा रहेको पुल बगाएपछि अवरुद्ध बनेको त्रिदेशीय सडकमार्ग सुचारु गर्न बेलिब्रिज निर्माण कार्य धमाधम

: भोटेकोशी नदीबाट रसुवागढी नाका हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटको देवीघाटमा रहेको पुल बगाएपछि अवरुद्ध बनेको त्रिदेशीय सडकमार्ग सुचारु गर्न बेलिब्रिज निर्माण कार्य धमाधम भइरहेको छ। एक सातादेखि निरन्तर जारी बेलिब्रिज निर्माण कार्य अब अन्तिम चरणमा पुगेको छ।

बाढीले त्रिदेशीय सडकमार्गअन्तर्गत रहेको वीरगञ्ज–गल्छी–देवीघाट–विदुर–रसुवागढी सडकखण्डको बीचमा पर्ने देवीघाटस्थित तादी खोलामा दुईवटा पुल बगाएपछि आवतजावत सुचारु गर्न नेपाली सेनाले बेलिब्रिज निर्माण गरिरहेको हो। ‘विपत्तिले भत्कायो, पुनः आशाको पुल जोड्दैछौं’ भन्ने नाराका साथ विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ जोड्ने तादी खोलामाथिको निर्माणाधीन उक्त पुलको काम अन्तिम चरणमा पुगेको सेनाले जनाएको छ।

पुलको निर्माण सकिएपछि बिहीबारदेखि नै यातायात सुचारु गर्ने सेनाको तयारी छ। पुलको निर्माण कार्य सम्पन्न गरी बिहीबार उद्घाटन गरिने सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्। उनले भने, ‘पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले सम्पन्न गरेर बिहीबार नै यसको उद्घाटन गर्ने र यातायात सुचारु गराउने तयारीमा सेना लागेको छ।’

देवीघाटस्थित तादी खोलामा नेपाली सेनाको इन्जिनियरिङतर्फका ५५ जनाको टोलीले ५० मिटर लम्बाइको उक्त बेलिब्रिज निर्माण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले अझै सुखद समाचारको आशा नमारेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भदौ १० गतेको विपत्तिमा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपत्तिका मृतकका रूपमा मात्र हेर्न नहुने बताए। उनले उनीहरू जलवायु परिवर्तनबाट सिर्जित अन्यायका पीडित भएको टिप्पणी गरे। ‘संसदमा एकदम भारी मन ...
: बाराको कोल्हबीबाट वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बुधवार दुई थान भरुवा बन्दुक, हरिणको छाला र अवैध चिरान काठ बरामद गरेको छ। कोल्हबी नगरपालिका-२ स्थित बाँध टोलका रामविनोद तत्माको घरबाट गोली भरिएको दुई थान बन्दुक, हरिणको छाला, धनेस चराको जस्तो चुच्चो देखिने वस्तु, वन्यजन्तु चोरीशिकारीका लागि प्रयोग हुने पासो र चिरान काठ बरामद ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले राज्य यतिबेला भग्नावशेष सुरूङभित्र आफ्ना नागरिकहरूको प्राण खोजिरहेको बताएका हुन्। उनले भने ,‘राज्यले केही गरेन,राज्य कहाँ छ भन्ने गुनासो सुनिरहेको छु। राज्य त्यो कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको छ।’ उनले सरकारले ...
: भोटेकोशीमा आएको बिनाशकारी बाढीका कारण उत्तरगया गाउँपालिकामा ८८९ जना बेपत्ता भएका छन्। गाउँपालिकाले तयार गरेको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै वडा नं १ मा ५७८ जना स्थानीय बेपत्ता भएका छन्। बेपत्ता भएका सबै स्थानीय बासिन्दा हुन्। यहाँ मैलुङ तथा धरै जलविद्युत आयोजना क्षेत्र पर्दछ। विद्युत आयोजनामा रहेका कामदार तथा अन्यको तथ्यांक भने एकीन भएर आउन ...
: उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको असहयोगका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या देखिएको बताएकी छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री यादवले आयल निगमअन्तर्गत आफ्नै ग्यास उद्योग नरहेको र ५८ वटै उद्योग निजी क्षेत्रलाई दिइएकोले सरकारले केहि गर्न नसकेको उनले गुनासो गरिन‍्। ...