मुख्य समाचार
भदौ २४ गते नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा स्थापित भएको बताए
भदौ २४ गते नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा स्थापित भएको बताए

: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा स्थापित भएको बताएका छन्।

जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले नेपाली जनताको आत्मनिर्णयको अधिकार,राष्ट्रिय स्वाधीनता तथा नेपाली इतिहासका गौरव र धरोहरमाथि भएको विध्वंसले समेत उक्त दिनलाई कालो दिन बनाएको बताएका हुन्।

‘युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्य एउटै विषय होइनन्। दुईलाई एउटै दृष्टिले हेर्नु इतिहास र सत्य दुवैमाथि न्याय हुँदैन,’उनले लेखेका छन्,‘वस्तुतः प्रतिक्रान्तिकारी विध्वंसले भदौ २४ गतेलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा एउटा कालो दिनका रूपमा स्थापित गरेको छ। नेपाली जनताको आत्मनिर्णयको अधिकार, राष्ट्रिय स्वाधीनता र नेपाली इतिहासका गौरव तथा धरोहरमाथिको विध्वंसले समेत यसलाई कालो दिन नै बनाएको छ।’

जेन–जी विद्रोहका नाममा आफ्नो पार्टी,नेतृत्व र राजनीतिक शक्तिमाथि गरिएको आक्रमणलाई सामान्य राजनीतिक घटनाका रूपमा स्वीकार गर्न नसकिने उनको भनाइ छ।

उनले घटनाको सत्य स्थापित गर्न निष्पक्ष,स्वतन्त्र र तथ्यमा आधारित छानबिन आवश्यक रहेको बताएका छन्। ‘को दोषी थियो ? आन्दोलनमाथि दमन किन र कसरी भयो ? कसले आन्दोलन भड्कायो ? कसले हिंसा, लुटपाट र विध्वंस मच्चायो ? त्यसबाट लाभ कसले उठायो ? र यसले नेपालको लोकतान्त्रिक प्रक्रियामा कस्तो प्रभाव पार्‍यो ? यी सबै प्रश्नको सत्यतथ्य उजागर गर्नुपर्छ,’उनले भनेका छन्। दोषी जोसुकै भए पनि र जुनसुकै राजनीतिक पहुँच वा शक्तिमा भए पनि कानुनको दायरामा ल्याइनुपर्ने प्रचण्डको भनाइ छ।

प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट,तोडफोड र आगजनी निरन्तर हुनु, संगठित समूहको परिचालन भएको देखिनु तथा प्रज्वलनशील पदार्थको प्रयोगलगायतका घटनाले यस प्रकरणका पछाडि रहेका गम्भीर प्रश्नलाई थप बलियो बनाएको उनले बताएका छन्।

त्यसपछि भएका संसद् विघटन,गैरदलीय सरकार गठन,निर्वाचनको घोषणा र राज्यका विभिन्न निर्णयले समेत घटनाको समग्र सत्य निरूपणका लागि थप अनुसन्धान आवश्यक रहेको तथ्य स्पष्ट पार्ने उनको भनाइ छ।

राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा भएको दमन,हिंसा तथा तोडफोडसम्बन्धी अध्ययन गरी तयार पारेको प्रतिवेदनले समेत घटनामा संलग्न विभिन्न पक्षमाथि अनुसन्धान तथा कारबाहीको आवश्यकता औँल्याएको प्रचण्डले उल्लेख गरेका छन्।

‘आयोगको प्रतिवेदन दराजमा थन्क्याउने विषय होइन,कार्यान्वयन गर्ने दस्तावेज हो,’उनले भनेका छन्,‘प्रतिवेदनमा औँल्याइएका विषयमा निष्पक्ष अनुसन्धान गरी सम्पूर्ण दोषीमाथि कानुनी कारबाही गर्न आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले अझै सुखद समाचारको आशा नमारेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भदौ १० गतेको विपत्तिमा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपत्तिका मृतकका रूपमा मात्र हेर्न नहुने बताए। उनले उनीहरू जलवायु परिवर्तनबाट सिर्जित अन्यायका पीडित भएको टिप्पणी गरे। ‘संसदमा एकदम भारी मन ...
: बाराको कोल्हबीबाट वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बुधवार दुई थान भरुवा बन्दुक, हरिणको छाला र अवैध चिरान काठ बरामद गरेको छ। कोल्हबी नगरपालिका-२ स्थित बाँध टोलका रामविनोद तत्माको घरबाट गोली भरिएको दुई थान बन्दुक, हरिणको छाला, धनेस चराको जस्तो चुच्चो देखिने वस्तु, वन्यजन्तु चोरीशिकारीका लागि प्रयोग हुने पासो र चिरान काठ बरामद ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले राज्य यतिबेला भग्नावशेष सुरूङभित्र आफ्ना नागरिकहरूको प्राण खोजिरहेको बताएका हुन्। उनले भने ,‘राज्यले केही गरेन,राज्य कहाँ छ भन्ने गुनासो सुनिरहेको छु। राज्य त्यो कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको छ।’ उनले सरकारले ...
: भोटेकोशीमा आएको बिनाशकारी बाढीका कारण उत्तरगया गाउँपालिकामा ८८९ जना बेपत्ता भएका छन्। गाउँपालिकाले तयार गरेको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै वडा नं १ मा ५७८ जना स्थानीय बेपत्ता भएका छन्। बेपत्ता भएका सबै स्थानीय बासिन्दा हुन्। यहाँ मैलुङ तथा धरै जलविद्युत आयोजना क्षेत्र पर्दछ। विद्युत आयोजनामा रहेका कामदार तथा अन्यको तथ्यांक भने एकीन भएर आउन ...
: उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको असहयोगका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या देखिएको बताएकी छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री यादवले आयल निगमअन्तर्गत आफ्नै ग्यास उद्योग नरहेको र ५८ वटै उद्योग निजी क्षेत्रलाई दिइएकोले सरकारले केहि गर्न नसकेको उनले गुनासो गरिन‍्। ...