मुख्य समाचार
राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग
राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग

: रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद धितालले बाढीपछि होल्डिङ सेन्टरमा बस्नुपर्दा महिला र बालबालिकाको अस्मिता, सुरक्षा, र गोपनीयता गम्भीर जोखिममा परेको भन्दै स्रोत तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न माग गरेकी हुन्।

उनले उद्धार र राहतसँगै उनीहरूलाई सम्मानपूर्वक पुनः आफ्नै खुट्टामा उभिन सक्ने बनाउन दीर्घकालीन सामाजिक पुनर्स्थापनालाई तीव्रता दिन सरकारलाई आग्रह गरिन्।

विपद्का बेला महिलाहरूमाथि हिंसा, यौन शोषण, पानी र हेरचाहको अतिरिक्त बोझ थपिने भएकाले राहत व्यवस्थापनमा महिला र बालबालिकाको स्वास्थ्य, सुरक्षा र आत्मसम्मानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।’

उनले बाढीका कारण दैनिक सेवन गर्नुपर्ने औषधि बगाएको,मृत चौपायाको उचित व्यवस्थापन नहुँदा महामारीको जोखिम बढेको तथा सञ्चार र विद्युत् अवरुद्ध हुँदा नागरिकहरू बाहिरी संसारबाट सम्पर्कविहीन रहेको अवस्था रहेको धारणा राखिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने तथा साइबर बुलिङ गर्ने पार्टीका नेताऔकार्यकर्तालाई तत्काल निष्कासन गर्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभामा सम्बोधन लामिछानेले नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको बताएका छन्। रास्वपाको कुनै पनि ...
:अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले अनुसन्धान अधिकृत केसीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो। राष्ट्रिय अनुसन्धान विभागमा सहायिक निरीक्षक पदमा नियुक्तिका लागि झुट्टा तथा नक्कली शैक्षकि योग्यताको प्रमात्रपत्र पेश गरी नियुक्ति लिइ बढुवा समेत भइ हैसियत, लाभ एवं सुविधा लिएको ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले अझै सुखद समाचारको आशा नमारेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भदौ १० गतेको विपत्तिमा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपत्तिका मृतकका रूपमा मात्र हेर्न नहुने बताए। उनले उनीहरू जलवायु परिवर्तनबाट सिर्जित अन्यायका पीडित भएको टिप्पणी गरे। ‘संसदमा एकदम भारी मन ...
: बाराको कोल्हबीबाट वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बुधवार दुई थान भरुवा बन्दुक, हरिणको छाला र अवैध चिरान काठ बरामद गरेको छ। कोल्हबी नगरपालिका-२ स्थित बाँध टोलका रामविनोद तत्माको घरबाट गोली भरिएको दुई थान बन्दुक, हरिणको छाला, धनेस चराको जस्तो चुच्चो देखिने वस्तु, वन्यजन्तु चोरीशिकारीका लागि प्रयोग हुने पासो र चिरान काठ बरामद ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले राज्य यतिबेला भग्नावशेष सुरूङभित्र आफ्ना नागरिकहरूको प्राण खोजिरहेको बताएका हुन्। उनले भने ,‘राज्यले केही गरेन,राज्य कहाँ छ भन्ने गुनासो सुनिरहेको छु। राज्य त्यो कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको छ।’ उनले सरकारले ...