मुख्य समाचार
सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग परिचालनका साथै अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाए
सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग परिचालनका साथै अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाए

: सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग परिचालनका साथै अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढाएको छ। सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विपद्बाट भएको भौतिक तथा आर्थिक क्षति र सरकारका तर्फबाट चालिएका कदमहरूको विस्तृत विवरण प्रस्तुत गर्दै विभिन्न प्याकेजका साथ काम भइरहेको जानकारी गराएका हुन्।

उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हालसम्म १२ अर्व रुपैया संकलन भएको र विपद् प्राधिकरणमार्फत रु.१ अर्ब तत्काल निकासा भएको बताए। ३३ देशबाट राहत सामग्री प्राप्त; ५ देशबाट फोरेन्सिक विज्ञ, डीएनए किट र डेड बडी ब्याग जस्ता प्राविधिक सहयोग प्राप्त भएको उनले बताए। उनले एडिबीबाट ५ मिलियन डलर अनुदान ,चीन सरकारबाट २ मिलियन डलर सहयोग र विश्व बैंकबाट ८.५ मिलियन डलर प्राप्त भइसकेको र १५० मिलियन डलर आउने क्रममा रहेको जानकारी दिए। केरुङ/रसुवा नाका अवरुद्ध भई सप्लाई चेनमा समस्या आएपछि कोरला नाकामा थप जनशक्ति खटाई सामान भित्र्याउने व्यवस्था गरिएको र अर्थ मन्त्रालयद्वारा ’व्यवसाय पुनरुत्थान प्याकेज’ कार्यान्वयन रहेको उनको भनाइ छ।

उनले बेलिब्रिज, खानेपानी, र उद्धारका लागि ५ वटा संयुक्त कार्यदल परिचालन; विस्तृत क्षतिको आँकलनका लागि 'पिडिएनए’ तीव्र रूपमा अघि बढाइएको जानकारी दिए। अर्थ सचिव उपाध्यायले पुँजी बजार सुदृढीकरण, एफएटीएफको निगरानी सूचीबाट बाहिरिने रणनीति, र सार्वजनिक पूर्वाधारमा निजी लगानी आकर्षित गर्न ’वैकल्पिक विकास वित्त कोष’ को सञ्चालक समिति गठन गरिएको जानकारी दिए।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले बाढीपछि खोज तथा उद्धार कार्यलाई निरन्तर जारी राखिएको बताए। उनले चिलिमे र त्रिशुली ३ए, ३बी को आन्तरिक कनेक्टिभिटी भएका सुरुङहरूमा विशेष ध्यान केन्द्रित गरिएको जानकारी दिए। विपद्पछिको प्रारम्भिक पुनर्बहालीका लागि ’अर्ली रिकभरी’ १ देखि ४ महिनाको योजना अघि सारिएको उनले बताए।

बैठकमा सांसदहरुले भने विपदको पूर्व तयारी र बिपद् व्यवस्थापन प्रभावकारी हुन नसकेको बताएका थिए। रास्वपा सांसद लिमा अधिकारीले पूर्वतयारी, खोज, उद्धार र राहत वितरणमा संघ, प्रदेश र स्थानीय तहबीच न्यूनतम समन्वय नदेखिएको र कार्य प्रभावकारी हुन नसकेको बताइन्। विगत १३–१५ दिनदेखि होल्डिङ सेन्टरहरूमा ३०० देखि ५०० जनासम्मलाई अत्यन्तै अस्तव्यस्त रूपमा राखिएको उनको भनाई छ। त्यस्तै उनले विद्यालय बन्द गरेर होल्डिङ सेन्टर बनाउँदा बालबालिकाको पठनपाठनमा गम्भीर असर पुगेको भन्दै अन्य बिकल्प खोज्न समेत सरकारलाई सुझाव दिए।

पीडितहरूले अस्थायी टहराभन्दा ३–४ महिनाका लागि घरभाडा अनुदान उपलब्ध गराउन माग गरेको र यसको आर्थिक व्यवस्थापन तीनै तहका सरकारले मिलेर गर्नुपर्ने उनको सुझाव छ।

बाढीका कारण सुवागढी सडक ५५ किमी पूर्ण रूपमा र गल्छी–देवीघाट तथा देवीघाट–त्रिशूली–बेत्रावती गरी १४ किमी आंशिक रूपमा क्षतिग्रस्त भएको अर्थ मन्त्रालयले जनाएको छ। त्यस्तै ३३ वटा पक्की मोटरेबल पुल, ४ वटा आंशिक क्षति भएका पुल र ६८ वटा झोलुङ्गे पुल गरी करिब १०० वटा पुलमा क्षति पुगेको छ भने १३ वटा जलविद्युत र ५ वटा सोलार प्लान्ट गरी २७५ मेगावाट क्षमताका आयोजना पूर्ण क्षतिग्रस्त तथा ५०८ मेगावाटका ६ वटा निर्माणाधीन आयोजनामा असर परेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने तथा साइबर बुलिङ गर्ने पार्टीका नेताऔकार्यकर्तालाई तत्काल निष्कासन गर्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभामा सम्बोधन लामिछानेले नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको बताएका छन्। रास्वपाको कुनै पनि ...
:अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले अनुसन्धान अधिकृत केसीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो। राष्ट्रिय अनुसन्धान विभागमा सहायिक निरीक्षक पदमा नियुक्तिका लागि झुट्टा तथा नक्कली शैक्षकि योग्यताको प्रमात्रपत्र पेश गरी नियुक्ति लिइ बढुवा समेत भइ हैसियत, लाभ एवं सुविधा लिएको ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले अझै सुखद समाचारको आशा नमारेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भदौ १० गतेको विपत्तिमा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपत्तिका मृतकका रूपमा मात्र हेर्न नहुने बताए। उनले उनीहरू जलवायु परिवर्तनबाट सिर्जित अन्यायका पीडित भएको टिप्पणी गरे। ‘संसदमा एकदम भारी मन ...
: बाराको कोल्हबीबाट वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बुधवार दुई थान भरुवा बन्दुक, हरिणको छाला र अवैध चिरान काठ बरामद गरेको छ। कोल्हबी नगरपालिका-२ स्थित बाँध टोलका रामविनोद तत्माको घरबाट गोली भरिएको दुई थान बन्दुक, हरिणको छाला, धनेस चराको जस्तो चुच्चो देखिने वस्तु, वन्यजन्तु चोरीशिकारीका लागि प्रयोग हुने पासो र चिरान काठ बरामद ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले राज्य यतिबेला भग्नावशेष सुरूङभित्र आफ्ना नागरिकहरूको प्राण खोजिरहेको बताएका हुन्। उनले भने ,‘राज्यले केही गरेन,राज्य कहाँ छ भन्ने गुनासो सुनिरहेको छु। राज्य त्यो कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको छ।’ उनले सरकारले ...