मुख्य समाचार
उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको असहयोगका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या देखिएको बताए
उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको असहयोगका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या देखिएको बताए

: उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको असहयोगका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या देखिएको बताएकी छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री यादवले आयल निगमअन्तर्गत आफ्नै ग्यास उद्योग नरहेको र ५८ वटै उद्योग निजी क्षेत्रलाई दिइएकोले सरकारले केहि गर्न नसकेको उनले गुनासो गरिन‍्।

मन्त्री यादवले ५८ वटा उद्योगले दैनिक ३–३ हजार सिलिन्डर मात्र काठमाडौं पठाइदिएको भए अभाव नहुने तर उद्योगीहरूले पठाउन नमानेको तर्क गरिन् । काठमाडौंका लागि सोमबार ४५ हजार र मंगलबार ४८ हजार सिलिन्डर हिँडेको भनिए तापनि बजारमा १९–२० हजारभन्दा बढी नपुगेको र बाँकी सिलिन्डर कहाँ हरायो भन्ने पत्ता लाग्न नसकेको उनले बताइन् । उनले १० औँ पटक पत्राचार गर्दा पनि उद्योगीहरूले विवरण नदिएको र कानुनभित्र रहेर काम गर्दा सरकार नै निरीह बन्नुपरेको उल्लेख गरिन्।

मन्त्री यादवले निजी उद्योगीहरूको एकाधिकार तोड्न नेपाल आयल निगम मातहत आफ्नै ग्यास उद्योग खोल्नैपर्ने र देशमा धेरैमा २ वटा भन्दा बढी ग्यास उद्योग आवश्यक नरहेकाले बाँकी उद्योगहरू खारेज गर्नुपर्ने धारणा राखिन् ।

जुनसुकै कम्पनीको खाली सिलिन्डर भए तापनि अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा साट्न मिल्ने व्यवस्था गर्न नेपाल आयल निगमलाई कडा निर्देशन दिइएको भन्दै उनले निर्देशन उल्लङ्घन भए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइन्।

त्यस्तै उनले नागरिकको आधारभूत आवश्यकतासँग जोडिएका ५ वस्तुहरूमा तेल,ग्यास,लुगा,खाद्यान्न र चिनीमा राज्य आत्मनिर्भर हुनैपर्ने बताइन् । मन्त्री यादवले बजारमा चिनीको अभाव हुन नदिन र मूल्यवृद्धि रोक्न १ प्रतिशत भन्सार महसुलमा कुल २५,००० मेट्रिक टन चिनी आयात गर्न मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएकाले आगामी असोज २० गतेसम्म यो परिमाणको चिनी आयात गरिसक्ने गरी आपूर्ति व्यवस्थापन भइरहेको जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमार्फत तुच्छ टिप्पणी गर्ने तथा साइबर बुलिङ गर्ने पार्टीका नेताऔकार्यकर्तालाई तत्काल निष्कासन गर्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभामा सम्बोधन लामिछानेले नागरिकको चित्कार र आक्रोशलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको बताएका छन्। रास्वपाको कुनै पनि ...
:अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले अनुसन्धान अधिकृत केसीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो। राष्ट्रिय अनुसन्धान विभागमा सहायिक निरीक्षक पदमा नियुक्तिका लागि झुट्टा तथा नक्कली शैक्षकि योग्यताको प्रमात्रपत्र पेश गरी नियुक्ति लिइ बढुवा समेत भइ हैसियत, लाभ एवं सुविधा लिएको ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले अझै सुखद समाचारको आशा नमारेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले भदौ १० गतेको विपत्तिमा ज्यान गुमाएका नागरिकलाई प्राकृतिक विपत्तिका मृतकका रूपमा मात्र हेर्न नहुने बताए। उनले उनीहरू जलवायु परिवर्तनबाट सिर्जित अन्यायका पीडित भएको टिप्पणी गरे। ‘संसदमा एकदम भारी मन ...
: बाराको कोल्हबीबाट वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बुधवार दुई थान भरुवा बन्दुक, हरिणको छाला र अवैध चिरान काठ बरामद गरेको छ। कोल्हबी नगरपालिका-२ स्थित बाँध टोलका रामविनोद तत्माको घरबाट गोली भरिएको दुई थान बन्दुक, हरिणको छाला, धनेस चराको जस्तो चुच्चो देखिने वस्तु, वन्यजन्तु चोरीशिकारीका लागि प्रयोग हुने पासो र चिरान काठ बरामद ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले राज्य यतिबेला भग्नावशेष सुरूङभित्र आफ्ना नागरिकहरूको प्राण खोजिरहेको बताएका हुन्। उनले भने ,‘राज्यले केही गरेन,राज्य कहाँ छ भन्ने गुनासो सुनिरहेको छु। राज्य त्यो कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको छ।’ उनले सरकारले ...