मुख्य समाचार
रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्
रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्

: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले राज्य यतिबेला भग्नावशेष सुरूङभित्र आफ्ना नागरिकहरूको प्राण खोजिरहेको बताएका हुन्। उनले भने ,‘राज्यले केही गरेन,राज्य कहाँ छ भन्ने गुनासो सुनिरहेको छु। राज्य त्यो कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको छ।’

उनले सरकारले घाइतेहरूको उपचार,विस्थापित परिवारका लागि राहत तथा उद्धारका काममा प्रश्न गर्ने ठाउँ नरहेको बताए। सरकारले पीडितहरूको तत्कालीन आवश्यकता पूरा गर्न र सुरक्षाको जिम्मेवारी लिएको उनको भनाइ छ।

‘उनीहरूको तत्कालीन आवश्यकता र सुरक्षाको जिम्मेवारी राज्यले लिएको छ,’लामिछानेले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतले आठौं खेपको राहत तथा उद्धार सामग्री नेपाल सरकार प्रदान गरेको छ। भारतीय एयरफोर्सको जहाजबाट आएको सामग्री बुधबार नेपाललाई हस्तान्तरण गरिएको हो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त राहत सामग्री मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका थिए। भारतीय दूतावासका अनुसार आठौं खेपमा ३५ टन राहत तथा उद्धार सामग्री नेपाललाई प्रदान गरिएको हो। राहत सामग्रीमा फोरेन्सिक ...
: नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्‍बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय स्टेसनबाट बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क एक महिनाका लागि पूर्णरूपमा छुट गर्ने जनाएको छ। निगमका अनुसार सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ मा जलेको बालकोटस्थित आफ्नो घरको अवलोकन गरेका छन्। बुधबार आफ्नो घर जलेको एक वर्ष पूरा भएको दिन एमाले अध्यक्ष ओलीले आफ्नी पत्नी राधिका शाक्यका साथ जेनजी आन्दोलनका क्रममा आगजनी भएको घरको अवलोकन गरेका हुन्। राधिका शाक्यद्वारा लिखित स्मृतिमा बालकोट घर-सपनाको भग्नावशेष स्मृति पुस्तिका सार्वजनिक गरिएको ...
: वीरगन्जको एक होटलमा सशस्त्र प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको टोलीले बुधबार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १६ लिंकरोडमा अवस्थित होटल अमन प्यालेशमा छापा मारेको थियो। त्यसक्रममा उक्त होटलको कोठा नम्बर २०५ मा बुक ...
: राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितहरूको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालनसहित पुनर्निर्माण र पुनःस्थापनालगायतका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। उनले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा हाम्रो क्षमताले नभ्याए ठूला बेलिब्रिजसहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोगसमेत लिन सुझाव दिए। उनले जलवायु परिवर्तनका कारणबाट नेपालले व्यहोर्नुपरेको क्षतिका क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष ...