: वीरगन्जको एक होटलमा सशस्त्र प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको टोलीले बुधबार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १६ लिंकरोडमा अवस्थित होटल अमन प्यालेशमा छापा मारेको थियो।
त्यसक्रममा उक्त होटलको कोठा नम्बर २०५ मा बुक गरि बसेका भारतको बिहार राज्यको रक्सौल–१३ निवासी अन्दाजी ३५ वर्षीय विशाल कुशवाहा लागूऔषध ब्राउन सुगर १३२ ग्राम ३२ मिलिग्रामसहित पक्राउ परेका हुन्।
सशस्त्र प्रहरीको टोलीले ब्राउन सुगरसहित पक्राउ परेका कुशवाहासगैं बीआर ०५ बीएस ०४१९ नम्बरको कालो रंगको मोटरसाइकल, एक थान एन्ड्रोइड मोबाइल, नेपाली नगद ३२ हजार १०० रुपैयाँ र भारतीय नगद ४ हजार २०० रुपैयाँ समेत बरामद गरेको छ।
ब्राउन सुगरसहित पक्राउ परेका कुशवाहालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।