मुख्य समाचार
ओलीले गत वर्ष भदौ २४ मा जलेको बालकोटस्थित आफ्नो घरको अवलोकन
ओलीले गत वर्ष भदौ २४ मा जलेको बालकोटस्थित आफ्नो घरको अवलोकन

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ मा जलेको बालकोटस्थित आफ्नो घरको अवलोकन गरेका छन्।

बुधबार आफ्नो घर जलेको एक वर्ष पूरा भएको दिन एमाले अध्यक्ष ओलीले आफ्नी पत्नी राधिका शाक्यका साथ जेनजी आन्दोलनका क्रममा आगजनी भएको घरको अवलोकन गरेका हुन्। राधिका शाक्यद्वारा लिखित स्मृतिमा बालकोट घर-सपनाको भग्नावशेष स्मृति पुस्तिका सार्वजनिक गरिएको थियो।

पुस्तक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीकी पत्नी राधिका शाक्यले गतवर्ष भदौ २४ मा घर-सम्पत्ति जलाउनु मात्र नभई केपी ओलीलाई मार्ने आपराधिक योजना रहेको बताइन्। लाखौं देशभक्त नेपालीहरूको माया र भरोसाका कारण आफूहरू बाँच्न सफल भएको उनले बताइन्। उनले बिना अपराध र बिना कसुर अपराधी करार गरेर भदौ २४ देखि आजसम्म लगातार भ्रम छर्ने र मानसिक तनाव दिने काम भइरहेको उल्लेख गरिन्।

उनले हालैको ठूलो प्राकृतिक विपद्को घडीमा सबै मर्माहत भइरहेका बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिएको भन्दै आपत्ति जनाइन्। केपी ओलीको विरोध वर्षौंदेखि हुँदै आएको र यसले व्यक्तिगतरूपमा आफूहरूलाई कुनै फरक नपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा भासिएको सडकमा नयाँ ट्र्याक निर्माणको काम तीव्र पारिएको छ। पहिरो गएको स्थानको ठीक माथिबाट नयाँ ट्र्याक बनाइएको हो। मुलुककै लाइफलाइनको रूपमा चिनिएको उक्त सडकखण्ड सञ्चालनका लागि निर्माण ब्यवसायी कम्पनीले तीव्ररूपमा डाइभर्सन निमार्णको काम गरिरहेका छन्। दैनिक १२ वटा मेसिनको प्रयोगबाट अस्थायीरूपमा बाटो निर्माण गर्न लागिएको हो। ...
: नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउवाले सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गरेका छन्। ११३औं बीपी जयन्तीको अवसरमा भक्तपुर कांग्रेसले बुधबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा पाइसकेपछि आफ्नो पक्ष आधाभन्दा बढी विजयी भइसकेको भन्दै अन्तिममा रुख चिन्ह, चारतारे झण्डा तथा पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गरे। उनले ...
: गत भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माण कार्य तीव्ररूपमा अघि बढाएको छ। ​आयोजनाको 'सर्भिस टनेल'सम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति हुनुका साथै वारिपारि आवतजावतका लागि डोरी (रोप)समेत टाँगिएको छ प्रधानमन्त्री कार्यालयले जनाएको छ। ​नेपाली सेनाको टोलीले भदौ १० गते बाढी आएकै ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ सलाङघाटस्थित चितवन स्टाफ होटलका सञ्चालकमाथि हम्मर प्रहार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। होटलमा काम गर्ने ती बालक र होटल सञ्चालककी श्रीमतीबीच आर्थिक विषयमा भनाभन भएपछि होटल सञ्चालक घटनास्थलमा पुगेका थिए। त्यसक्रममा बालकले हम्मर प्रहार गर्दा होटल सञ्चालक घाइते भएको प्रहरीले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय गजुरीले बालकलाई ...
: भारतले आठौं खेपको राहत तथा उद्धार सामग्री नेपाल सरकार प्रदान गरेको छ। भारतीय एयरफोर्सको जहाजबाट आएको सामग्री बुधबार नेपाललाई हस्तान्तरण गरिएको हो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त राहत सामग्री मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका थिए। भारतीय दूतावासका अनुसार आठौं खेपमा ३५ टन राहत तथा उद्धार सामग्री नेपाललाई प्रदान गरिएको हो। राहत सामग्रीमा फोरेन्सिक ...