मुख्य समाचार
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माण कार्य तीव्ररूपमा अघि
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माण कार्य तीव्ररूपमा अघि

: गत भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाले खोज, उद्धार तथा पहुँच मार्ग पुनर्निर्माण कार्य तीव्ररूपमा अघि बढाएको छ।

​आयोजनाको 'सर्भिस टनेल'सम्म पुग्ने पहुँच सडक खुलाउने कार्यमा उल्लेखनीय प्रगति हुनुका साथै वारिपारि आवतजावतका लागि डोरी (रोप)समेत टाँगिएको छ प्रधानमन्त्री कार्यालयले जनाएको छ।

​नेपाली सेनाको टोलीले भदौ १० गते बाढी आएकै दिन घटनास्थल पुगेर रेकी (प्रारम्भिक अनुगमन) गरेको थियो। त्यसपछि सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै भित्र प्रवेश गर्दा सेनाले २ जनाको शव फेला पारेको थियो।

​भदौ १४ गतेदेखि नेपाली र भारतीय सेनाको विशेषज्ञ टोलीले संयुक्तरूपमा खोजी कार्य सुरु गरेको छ। यो टोली सुरुङको १०५ मिटरभित्रसम्म प्रवेश गरिसकेको छ।

​उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी र द्रूत बनाउन बबक्याट एस्काभेटरका साथै आयोजना स्थलमा उपलब्ध अर्को एस्काभेटर प्रयोग गरी दलदल पन्छाउने र उत्खनन गर्ने काम निरन्तर जारी राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: त्रिशुली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा भासिएको सडकमा नयाँ ट्र्याक निर्माणको काम तीव्र पारिएको छ। पहिरो गएको स्थानको ठीक माथिबाट नयाँ ट्र्याक बनाइएको हो। मुलुककै लाइफलाइनको रूपमा चिनिएको उक्त सडकखण्ड सञ्चालनका लागि निर्माण ब्यवसायी कम्पनीले तीव्ररूपमा डाइभर्सन निमार्णको काम गरिरहेका छन्। दैनिक १२ वटा मेसिनको प्रयोगबाट अस्थायीरूपमा बाटो निर्माण गर्न लागिएको हो। ...
: नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउवाले सर्वोच्चबाट पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गरेका छन्। ११३औं बीपी जयन्तीको अवसरमा भक्तपुर कांग्रेसले बुधबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले सर्वोच्च अदालतबाट पुनरावलोकनको निस्सा पाइसकेपछि आफ्नो पक्ष आधाभन्दा बढी विजयी भइसकेको भन्दै अन्तिममा रुख चिन्ह, चारतारे झण्डा तथा पार्टीको पूर्ण आधिकारिकता आफूहरूले नै पाउने दाबी गरे। उनले ...
: धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ सलाङघाटस्थित चितवन स्टाफ होटलका सञ्चालकमाथि हम्मर प्रहार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। होटलमा काम गर्ने ती बालक र होटल सञ्चालककी श्रीमतीबीच आर्थिक विषयमा भनाभन भएपछि होटल सञ्चालक घटनास्थलमा पुगेका थिए। त्यसक्रममा बालकले हम्मर प्रहार गर्दा होटल सञ्चालक घाइते भएको प्रहरीले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय गजुरीले बालकलाई ...
: भारतले आठौं खेपको राहत तथा उद्धार सामग्री नेपाल सरकार प्रदान गरेको छ। भारतीय एयरफोर्सको जहाजबाट आएको सामग्री बुधबार नेपाललाई हस्तान्तरण गरिएको हो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त राहत सामग्री मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका थिए। भारतीय दूतावासका अनुसार आठौं खेपमा ३५ टन राहत तथा उद्धार सामग्री नेपाललाई प्रदान गरिएको हो। राहत सामग्रीमा फोरेन्सिक ...
: नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्‍बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय स्टेसनबाट बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क एक महिनाका लागि पूर्णरूपमा छुट गर्ने जनाएको छ। निगमका अनुसार सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका ...