मुख्य समाचार
नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित
नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित

: नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई २५–२०,२५–२०, २१–२५ र २५–१९‌ले पराजित गरेको हो।

मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णाली शिवराजले प्लेअफमा काठमाडौं रेड्ससँग खेल्नेछ। यी दुवै टोली मध्ये विजयी टोलीले फाइनलमा अन्नपूर्ण स्पाइकर किङसँग खेल्नेछ।

कर्णालीले पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सलाई पराजित गरेको थियो दोस्रो खेलमा खप्तड फालकन्सलाई र तेस्रो खेलमा सगरमाथा स्पेसलाई पराजित गरेको थियो चौथो खेलमा भने काठमाडौं रेड्ससँग पराजित भएको थियो। मधेशले प्रतियोगितामा एक मात्र जित हात पार्यो।

मधेशले लगातार ३ हारपछि चौथो खेलमा खप्तड फालकन्सलाई पराजित गरेको थियो। पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग , दोस्रो खेलमा काठमाडौं रेड्ससँग र तेस्रो खेलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग मधेस पराजित भएको थियो।

आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले सगरमाथा स्म्यासर्सलाई ३–१ ले हराएको थियो। आजको अन्तिम खेलमा काठमाडौं रेड्सले खप्तड फाल्कन्ससँग खेल्ने छ।

जारी प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोबिन लिगका आधारमा खेल्ने छन्। लिगमा शीर्ष स्थानमा रहने टिम फाइनलमा प्रवेश गर्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्। नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल भदौ २८ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक बिदाइ गरिएको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी दर्शकबीच ३९ वर्षीय मेसीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्तिम ...
: १० औं राष्ट्रिय खेलकुदको लागि सुर्खेतको विरेन्द्रनगरमा सचिवालय स्थापना गरिएको छ। १० औं राष्ट्रिय खेलकुदको आयोजनाको लागि हाल राखेप सदस्य सचिव रामचरित्र मेहेताको टोलीले विरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालय स्थापना गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरे। सचिवालय स्थापनाका क्रममा कर्णाली प्रदेशका माननीय सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव ...
। सर्बियन स्टार नोभाक जोकोभिच चाइना ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनलमा रुसका डानिल मेडभेडेभलाई २-० को सेटमा पराजित गर्दै ३९ वर्षीय जोकोभिच उपाधिको नजिक पुगेका हुन् । जोकोभिचले पहिलो सेट ७-५ ले जितेका थिए । दोस्रो सेट ५-३ मा चलिरहँदा उनले म्याचका लागि सर्भ गर्दै थिए र १५-१५ को स्कोर थियो । सोही ...
: आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने श्रृंखलाको लागि नेपाली टोलीको बिदाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार टोलीको बिदाइ गरेको हो। क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे। नेपाल, ओमान र क्यानडाबीचको शृङ्खला अक्टोबर ९ देखि १९ सम्म ओमानमा हुनेछ। बिदाई कार्यक्रममा बोल्दै क्यानका ...
: वर्षौंदेखि मिति तोकिने र सर्ने क्रमले अन्योलमा परेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अब भने कर्णालीमा हुने सुनिश्चितता भएको छ। आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश रंगशालामा भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक समितिको बैठकले कर्णालीमा खेलकुदको महाकुम्भ हुने कुराको सुनिश्चितता गरेको हो। कर्णालीको राजधानीमा संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कर्णाली ...