: विशेष सूचनाका आधारमा दाङका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा ११ थान एकनाले भरुवा बन्दुक बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी युनिटबाट खटिएको टोलीले बिहीबार बिहान ६ बजेदेखि १० बजेसम्म खोजतलास गर्ने क्रममा ११ थान एकनाले भरुवा बन्दुक बरामद गरेको हो ।
जिल्ला दाङ घोराही उपमहानगरपालिका-१ शिरुखर्कस्थित राष्ट्रिय वनबाट ६ थान, बंगलाचुली गाउँपालिका-८ कएना पानीस्थित सामुदायिक वनबाट २ थान र लमही नगरपालिका-७ स्थित नवशान्ती सामुदायिक वनबाट ३ थान एकनाले भरुवा बन्दुक बरामद गरिएको थियो ।
बरामद गरिएका सबै भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय दाङमा ल्याई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।