: प्रधानमन्त्री बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने भएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी असोज ६ गते अमेरिकाको न्युयोर्क जान लागेका हुन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री शाहको असोज ६ देखि १० गतेसम्मको अमेरिका भ्रमण स्वीकृत गरिएको हो।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा अमेरिका जाने भनिए पनि रसुवा बाढीले ठूलो जनधनको क्षति गरेपछि जलवायु परिवर्तनको मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका उड्न लागेका हुन्।