: धनौजी गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसमेत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोप -पत्र दायर गरेको हो।
धनुषाको धनौजी गाउँपालिका धनुषाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी,लेखापाल राधेश्याम राय,खरिदार अरुण कुमार यादव,सि.अ.हे.व. उमेर साह,तत्कालीन शिक्षा शाखा प्रमुख अनिल कुमार साहुविरुद्ध आरोप पत्र दायर भएको हो।
अमृत मिडिया प्राइभेट लिमिटेड,जनकपुर टुडे मिडिया ग्रुप प्रालि,साइन कन्ट्रक्सन धनुषा र एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रालिलाई रिटमा विपक्षी बनाइएको छ।
धनुषा धनौजी गाउँपालिका गौरदाहादेखि लखौरीसम्म सडक निर्माण ठेक्काको बोलपत्र आह्वान र बोलपत्र आशयको सूचना प्रकाशित नगरेको तथा निर्माण कार्यमा कुनै काम नै नगरी झुट्टा प्राविधिक बिल,नापी तथा किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिइ भ्रष्टाचार गरेको उनीहरूमाथि आरोप छ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरीर लेखापाल राधेश्याम रायविरुद्ध २६ लाख ६४ हजार ६२४ विगो माग गरिएको छ। यस्तै खरिदार यादव,सिअहेव साह,शिक्षा शाखा प्रमुख साहुविरुद्ध २४ लाख १५ हजार १२० रुपैयाँ विग माग गरेको अख्तियारले जनाएको छ।
यस्तै अमृत मिडिया प्राइभेट तथा उक्त कम्पनीका प्रोपाइटर राजेन्द्र यादव,जनकपुर टुडे मिडिडा ग्रुप प्रालि तथा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक बृद्ध कुमार यादव,साइन कन्ट्रक्सन धनुषा तथा उक्त कम्पनीका प्रोपाइटर विकास प्रसाद यादव,एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रालि काठमाडौं महानगरपालिका ३१ भिमसेनगोला तथा उक्त कम्पनीका प्रोपाइटर राम नारायण साह र असिस्टेन्ट सब इञ्जिनियर शुभाष कुमार महराविरुद्ध जनही २४ लाख १५ हजार १२० रुपैयाँमा बिगो माग गरिएको आरोप पत्रमा उल्लेख छ।