: रसुवा बाढी पीडितका लागि विदेशबाट राहत तथा उद्धार सामग्री आउने क्रम जारी छ। बिहीबार जर्मनी, लक्जमबर्ग र सिंगापुरले चार्टर्ड विमानमार्फत नेपाललाई राहत सामग्री पठाएका छन्।
जर्मनी र लक्जमबर्गले संयुक्तरूपमा नेशनल एयरलायन्सको चार्टर्ड विमानमार्फत राहत सामग्री पठाएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री महावीर पुनले जर्मनी र लक्जमबर्गले संयुक्तरूपमा पठाएको राहत सामग्री बुझेका थिए।
दुई देशले औषधि र शव व्यवस्थापनका सामग्रीहरू प्रदान गरेको जानकारी दिएको छ। जर्मनी र लक्जमबर्गले संयुक्तरूपमा ६८ टनभन्दा बढी राहत सामग्री प्रदान गरेको हो।
त्यस्तै सिंगापुरले करिब १० टन राहत सामग्री बिहीबार सरकारलाई प्रदान गरेको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राहत सामग्री बुझेका थिए।