मुख्य समाचार
सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किंग्स फाइनलमा प्रवेश
सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किंग्स फाइनलमा प्रवेश

: नेपाल भलिबल लिग (एनभीएल) को बिहीबार भएको खेलमा सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किंग्स फाइनलमा प्रवेश गरेको छ।

लिग चरणको आ–आफ्नो अन्तिम खेल जित्दै अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान रहेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा भएको खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्यो।

पहिलो सेटमा २१–२५ ले पछि परेको अन्नपूर्णले बाँकी सेटको नतिजा लगातार आफ्नो पक्षमा पार्यो। अन्नपूर्णले दोश्रोमा २५–२३, तेश्रोमा २५–१४ र चौथोमा २५–२० को प्रदर्शन गर्दै जित सुनिश्चित गर्यो । अन्नपूर्णका एन्ख एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए।

६ टिम सहभागी लिगमा अन्नपूर्णको यो लगातार चौथो जित हो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवरजासँग ३–१ ले पराजित भएको थियो । अन्नपूर्णले दोश्रो खेलमा काठमाडौं रेड्सलाई ३–०, तेश्रोमा मधेश वारियर्सलाई ३–१ र खप्तड फाल्कन्सलाई ३–० ले हराएको थियो।

सगरमाथा लगातार तेश्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । अन्नपूर्णसंग पराजित हुनुअघि सगरमाथा कर्णालीसंग ३–२ तथा काठमाडौं रेड्ससंग ३–० ले चुकेको थियो । २ खेल जितेको सगरमाथाले मधेशलाई ३–१ र खप्तडलाई ३–० ले हराएको थियो।

प्रतियोगिताअन्तर्गत बिहीबारै २ खेल हुन बाँकी छ । मधेश र कर्णालीबीच ४ः०० बजे र काठमाडौं रेड्स र खप्तडबीच ७ः०० बजे खेल हुनेछ।

जारी प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो।
विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलो पटक भएको हो । फाइनल भदौ २७ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित, वायुमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो। नेपालले दिएको १४८ रनको विजयी लक्ष्य पछाएको ओमान २८.१ ओभरमा ६० रन बनाउँदै अलआउट भएको हो। ओमानलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछाने र ...
: नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई २५–२०,२५–२०, २१–२५ र २५–१९‌ले पराजित गरेको हो। मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णाली शिवराजले प्लेअफमा काठमाडौं रेड्ससँग खेल्नेछ। यी दुवै टोली मध्ये विजयी टोलीले ...
: नेपाल भलिबल लिग (एनभिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई पराजित गरेको छ। यो खेलमा हार बेहोर्दै खप्तड फाल्कन्स भने प्रतियोगिताबाट बाहिरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा ३-० को सोझो सेटमा पराजित गरेको हो। अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई २५-१५,२५-१५ र २९-२७ ले हरायो। प्रतियोगितामा अन्नपूर्ण स्पाइकर ...
: नेपाल भलिबल लिग (एनभिएल)को बुधबारको दोस्रो खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई पराजित गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई ३-१ सेटले पराजित गरेको हो। काठमाडौंले हालसम्म अपराजित रहेको कर्णाली शिवराजलाई पराजित गरेको हो। काठमाडौंको भने यो लगातार तेस्रो जित हो। काठमाडौं रेड्सले कर्णाली शिवराजलाई २८-२६, २५-१८, ...
। मधेश वारियर्सले नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित निकालेको छ । लगातार ३ खेलमा हार बेहोरेको मधेशले आफ्नो चौथो खेलमा खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा मधेशले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र २५–२३ ले जित निकाल्यो । मधेशका जिविन सेबास्टियन ‘म्यान अफ ...