मुख्य समाचार
भाद्र कृष्ण औंसीका अवसरमा देशभर कुशे औंसी तथा बाबुको मुख हेर्ने पर्व श्रद्धा र निष्ठाका साथ मनाइँदै
भाद्र कृष्ण औंसीका अवसरमा देशभर कुशे औंसी तथा बाबुको मुख हेर्ने पर्व श्रद्धा र निष्ठाका साथ मनाइँदै

: आज (शुक्रबार) भाद्र कृष्ण औंसीका अवसरमा देशभर कुशे औंसी तथा बाबुको मुख हेर्ने पर्व श्रद्धा र निष्ठाका साथ मनाइँदै छ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज वर्षभरि देवकार्य तथा पितृकार्यका लागि आवश्यक पर्ने पवित्र कुश घरघरमा भित्र्याएका छन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी छेदन गरिएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। वर्षको एकपटक शुभ साइत पारेर ब्राह्मणको घरबारी वा पाखामा उम्रिएको कुश ओखल्ने वा काट्ने परम्परा रहँदै आएको छ।

नेपाली परम्परामा माता, पिता र गुरुलाई विशेष सम्मान गर्ने विधान रहेको छ। आजको दिन जीवित बाबु हुने सन्तानहरूले आफ्ना पितालाई मनपर्ने मीठा-मसिना पकवान र वस्त्र उपहार दिई आदर-सम्मान व्यक्त गर्छन्।

त्यस्तै, दिवंगत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्न काठमाडौँको उत्तरपूर्वी भेगस्थित उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वर महादेव मन्दिर परिसर तथा बागमती किनारमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। दिवंगत बाबुको स्मरणमा तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ कुलसम्मका पितृहरू तर्छन् भन्ने धार्मिक मान्यता छ।

प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन गोकर्णेश्वरमा विशेष मेला लाग्ने भएकाले यस दिनलाई 'गोकर्णे औंसी' पनि भन्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताएका हुन्। उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना, तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा ...
: झापास्थित बीएण्डसी मेडिकल कलेजमा कार्यरत एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्ला करैयामाई गाउँपालिका–८ निवासी २५ वर्षीय सञ्जय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो ३:३० बजे मेचीनगर नगरपालिका–१२ धाइजन चोकस्थित बीएण्डसी मेडिकल कलेज (चारआली) मा कार्यरत चौधरीले कलेजबाट बिजुलीको तार तानेर नजिकैको झिलिमिले नहरमा माछा ...
: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन्। घटनाको स्थलगत छानबिनका लागि नेपाल ...
: चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय गाडी (ईभी) मा अकस्मात् आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोक नजिकै पूर्व-पश्चिम राजमार्गको सर्भिस लेनमा आज बिहान करिब ६:०० बजे बा ०१–०३० च ५५७९ नम्बरको 'आयन वाई' ब्रान्डको विद्युतीय गाडीमा आगलागी भएको हो। घटनाको जानकारी पाउनासाथ पुगेको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो। आगो निभाएपछि गाडीभित्र ...
: नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सांसद बर्षमान पुनले सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई सुझाव दिएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत सत्ता फेरबदल भइरहने स्मरण गराए। कार्यालयका भित्तामा झुण्डिएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीका तस्बिर हेरेर सधैँ सत्तामा रहिरहने भ्रमबाट नपाल्न उनको सुझाव छ। उनले सरकारलाई दम्भी, अहंकारी र धम्कीपूर्ण शैली त्यागी विनम्र ...