: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा जान लागेका एक विदेशी नागरिक गोलीसहित पक्राउ परेका छन्।
कतार एयरलायन्सको जहाजबाट बिहीबार दोहा जाँदै गरेका लेबनानी नागरिक नाजी जिहादे पक्राउ परेका हुन्। उनको झोलाबाट पेस्तोलमा लाग्ने गोली बरामद भएको थियो।
स्रोतका अनुसार सुरक्षा जाँचको अन्तिम बिन्दुमा उनको झोलाबाट पेस्तोलमा लाग्ने गोली बरामद भएको थियो। ह्यान्ड क्यारी ब्यागमा गोली भेटिएपछि विमानस्थल प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लिइएको थियो।
प्रहरी स्रोतका अनुसार नाजी जिहादेको विषयमा अनुसन्धान भइरहेको छ। प्रहरीले उनको नेपाल भ्रमणको हिस्ट्रीलगायत विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।