मुख्य समाचार
नेपालले न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबारे जानकारी गराउने
नेपालले न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबारे जानकारी गराउने

: नेपालले न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबारे जानकारी गराउने भएको छ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भएपनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक महासभामा उठाइने जानकारी दिएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले २४ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव राईले बताए। उनले नेपालमा गत वर्ष भएको जेनजी आन्दोलन र त्यसपछिको सफल निर्वाचन तथा वर्तमान सरकारका प्राथमिकताहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न यो भ्रमण महत्त्वपूर्ण अवसर हुने उल्लेख गरे।

महासभामा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले गरेको अपूरणीय क्षतिको स्मरण गराउँदै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको पुष्टि भएको उल्लेख गरिने उनले बताए। त्यस्तै फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज लगायतका निकायहरूबाट तत्काल उचित क्षतिपूर्ति तथा सहायता पाउनुपर्ने ‘जलवायु न्याय’को माग समेत गरिने सचिव राईले जानकारी दिए।

जलवायु उत्थानशील पूर्वाधार, स्मार्ट कृषि र सरोकारवालाको क्षमता विकासका लागि विकसित देशहरूसँग सहज र सहुलियतपूर्ण जलवायु वित्त तथा प्रविधि हस्तान्तरणको अपिल गरिने समेत मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले भैरहवास्थित कालिङ्गा क्यासिनो (विमानस्थल नजिक) मा छापा मारेर क्यासिनोको कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र बहादुर खत्रीको विशेष टोलीले बिहीबार चेकजाँच गरेको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा पाँचजना नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरलाई नियन्त्रणमा लिइएको ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताएका हुन्। उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना, तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा ...
: झापास्थित बीएण्डसी मेडिकल कलेजमा कार्यरत एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्ला करैयामाई गाउँपालिका–८ निवासी २५ वर्षीय सञ्जय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो ३:३० बजे मेचीनगर नगरपालिका–१२ धाइजन चोकस्थित बीएण्डसी मेडिकल कलेज (चारआली) मा कार्यरत चौधरीले कलेजबाट बिजुलीको तार तानेर नजिकैको झिलिमिले नहरमा माछा ...
: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन्। घटनाको स्थलगत छानबिनका लागि नेपाल ...
: चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय गाडी (ईभी) मा अकस्मात् आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोक नजिकै पूर्व-पश्चिम राजमार्गको सर्भिस लेनमा आज बिहान करिब ६:०० बजे बा ०१–०३० च ५५७९ नम्बरको 'आयन वाई' ब्रान्डको विद्युतीय गाडीमा आगलागी भएको हो। घटनाको जानकारी पाउनासाथ पुगेको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो। आगो निभाएपछि गाडीभित्र ...