मुख्य समाचार
बाढीले खण्डहर बनाएका नुवाकोटका विभिन्न स्थानको चिनियाँ राजदूतले स्थलगत अवलोकन
बाढीले खण्डहर बनाएका नुवाकोटका विभिन्न स्थानको चिनियाँ राजदूतले स्थलगत अवलोकन

: बाढीले खण्डहर बनाएका नुवाकोटका विभिन्न स्थानको चिनियाँ राजदूतले स्थलगत अवलोकन गरेका छन्। बाढी गएको १६ दिनपछि बिहीबार नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नुवाकोटका बाढीग्रस्त स्थानहरूको स्थलगत अवलोकन, निरीक्षण तथा भ्रमण गरेका हुन्।

राजदूत माओमिङले आफ्ना अधिकारीहरूसहित नुवाकोटको बाढीग्रस्त विदुर नगरपालिकाका विभिन्न स्थानको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। माओमिङले भोटेकोशी नदी हुँदै रसुवागढी नाकाबाट त्रिशूली नदीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले क्षति पुर्‍याएका नुवाकोटका ढुंगे, त्रिशूली, शुभघाट, भैंसेलगायतका स्थानहरूको अवलोकन भ्रमण गरेका हुन्।

काठमाडौंबाट स्थलमार्ग हुँदै नुवाकोट आइपुगेका चिनियाँ राजदूतले राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग गर्ने जनाएका छन्। विपत्तिमा सधैं नेपाललाई चीनले सहयोग गरिरहेको समेत उनले बताए। चिनियाँ राजदूत माओमिङले नुवाकोटका सरकारी अधिकारीहरूसँग विनाशकारी बाढीले गरेको क्षतिका सम्बन्धमा संक्षिप्त जानकारीसमेत लिएका छन्। विनाशकारी बाढीमा परी बिहीबारसम्म नुवाकोटमा १ सय ९८ जनाको शव निकालिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीमा परेका ६६ जनाको उपचार गरिएको छ भने बिहीबारसम्म पनि खोजी कार्य जारी रहेको छ।

हालसम्म २ सय ७१ जना विदेशी नागरिकसहित २ हजार ६ सय ९१ जना हराइरहेको प्रशासनका अधिकृत रूपेशप्रसाद नेपालले जानकारी दिए। बाढीमा परेका, फसेका र विभिन्न स्थानमा अड्किएकासमेत गरी ३ हजार ४ सय ९१ जनाको हवाई तथा स्थलगत उद्धार गरिएको उनले बताए। नुवाकोटका बाढीपीडितहरूका लागि विभिन्न २५ स्थानमा कायम आश्रय केन्द्रमा हालसम्म १ हजार २ सय ९४ महिलासहित २ हजार ६ सय २० जना आश्रित छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०७२० नम्बरको भ्यानले पैदलयात्रामा रहेका गुप्तालाई ठक्कर दिएको थियो । दुर्घटनामा टाउको र दाहिने गोडामा गम्भीर चोट लागि घाइते भएकी गुप्ताको ...
: भारतीय विदेश मन्त्रालयले नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला सिफारिस गरेको छ। भारत सरकारले देलाललाई नेपालको राजदूतमा नियुक्त गर्न लागेको हो। नेपाल सरकारले सहमति दिएपछि उनी राजदूतमा नियुक्त भएर काठमाडौंस्थित भारतीय दूतावासमा जिम्मेवारी सम्हाल्न आउनेछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यसअघिका राजदूत नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि भारतले नयाँ राजदूत प्रस्ताव अगाडि बढाएको हो। दलेला सन् ...
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...