मुख्य समाचार
बाढीले खण्डहर बनाएका नुवाकोटका विभिन्न स्थानको चिनियाँ राजदूतले स्थलगत अवलोकन
बाढीले खण्डहर बनाएका नुवाकोटका विभिन्न स्थानको चिनियाँ राजदूतले स्थलगत अवलोकन

: बाढीले खण्डहर बनाएका नुवाकोटका विभिन्न स्थानको चिनियाँ राजदूतले स्थलगत अवलोकन गरेका छन्। बाढी गएको १६ दिनपछि बिहीबार नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नुवाकोटका बाढीग्रस्त स्थानहरूको स्थलगत अवलोकन, निरीक्षण तथा भ्रमण गरेका हुन्।

राजदूत माओमिङले आफ्ना अधिकारीहरूसहित नुवाकोटको बाढीग्रस्त विदुर नगरपालिकाका विभिन्न स्थानको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। माओमिङले भोटेकोशी नदी हुँदै रसुवागढी नाकाबाट त्रिशूली नदीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले क्षति पुर्‍याएका नुवाकोटका ढुंगे, त्रिशूली, शुभघाट, भैंसेलगायतका स्थानहरूको अवलोकन भ्रमण गरेका हुन्।

काठमाडौंबाट स्थलमार्ग हुँदै नुवाकोट आइपुगेका चिनियाँ राजदूतले राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग गर्ने जनाएका छन्। विपत्तिमा सधैं नेपाललाई चीनले सहयोग गरिरहेको समेत उनले बताए। चिनियाँ राजदूत माओमिङले नुवाकोटका सरकारी अधिकारीहरूसँग विनाशकारी बाढीले गरेको क्षतिका सम्बन्धमा संक्षिप्त जानकारीसमेत लिएका छन्। विनाशकारी बाढीमा परी बिहीबारसम्म नुवाकोटमा १ सय ९८ जनाको शव निकालिएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढीमा परेका ६६ जनाको उपचार गरिएको छ भने बिहीबारसम्म पनि खोजी कार्य जारी रहेको छ।

हालसम्म २ सय ७१ जना विदेशी नागरिकसहित २ हजार ६ सय ९१ जना हराइरहेको प्रशासनका अधिकृत रूपेशप्रसाद नेपालले जानकारी दिए। बाढीमा परेका, फसेका र विभिन्न स्थानमा अड्किएकासमेत गरी ३ हजार ४ सय ९१ जनाको हवाई तथा स्थलगत उद्धार गरिएको उनले बताए। नुवाकोटका बाढीपीडितहरूका लागि विभिन्न २५ स्थानमा कायम आश्रय केन्द्रमा हालसम्म १ हजार २ सय ९४ महिलासहित २ हजार ६ सय २० जना आश्रित छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री वालेन्द्र शाहले विपद् उद्धार, खोज तथा राहत वितरणका कामलाई थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरूलाई एकीकृत कमान्ड प्रणालीअन्तर्गत रहेर काम गर्न निर्देशन दिएका छन्। बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग भएको उच्चस्तरीय भेटघाट तथा समीक्षा बैठकका क्रममा प्रधानमन्त्री शाहले यो विपत्ति सामूहिक साहस र दृढताले मात्र सामना गर्न सकिने बताउँदै सबै निकायबीच निरन्तर समन्वय र सहकार्य ...
: लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले भैरहवास्थित कालिङ्गा क्यासिनो (विमानस्थल नजिक) मा छापा मारेर क्यासिनोको कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र बहादुर खत्रीको विशेष टोलीले बिहीबार चेकजाँच गरेको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा पाँचजना नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरलाई नियन्त्रणमा लिइएको ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताएका हुन्। उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना, तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा ...
: झापास्थित बीएण्डसी मेडिकल कलेजमा कार्यरत एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्ला करैयामाई गाउँपालिका–८ निवासी २५ वर्षीय सञ्जय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो ३:३० बजे मेचीनगर नगरपालिका–१२ धाइजन चोकस्थित बीएण्डसी मेडिकल कलेज (चारआली) मा कार्यरत चौधरीले कलेजबाट बिजुलीको तार तानेर नजिकैको झिलिमिले नहरमा माछा ...
: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन्। घटनाको स्थलगत छानबिनका लागि नेपाल ...