मुख्य समाचार
कालिङ्गा क्यासिनो (विमानस्थल नजिक) मा छापा मारेर क्यासिनोको कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा
कालिङ्गा क्यासिनो (विमानस्थल नजिक) मा छापा मारेर क्यासिनोको कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा

: लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले भैरहवास्थित कालिङ्गा क्यासिनो (विमानस्थल नजिक) मा छापा मारेर क्यासिनोको कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र बहादुर खत्रीको विशेष टोलीले बिहीबार चेकजाँच गरेको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा पाँचजना नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरलाई नियन्त्रणमा लिइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

नेपाली नागरिकहरु क्यासिनोमा प्रवेश गरेर जुवा खेल्ने गरेको विषयमा रुपन्देही प्रहरीले कारवाही गर्न नसकेको देखिएको छ । जसकारण डीआइजीको टोलीले रुपन्देहीको क्यासिनोमा कारवाहीको डण्डा चलाउनु परेको छ ।

यसअघि गत वैशाखमा पनि लुम्बिनी प्रदेशका डीआईजीको विशेष टोलीले यही क्यासिनोमा छापा मारेको थियो। त्यस क्रममा जुवा खेलिरहेको आरोपमा १५ जना नेपाली नागरिक र जुवा खेलाउन संलग्न रहेको आरोपमा क्यासिनोका चार जना कर्मचारीसहित १९ जनालाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार,जुवा खेलिरहेको अवस्थामा बिहीवार नियन्त्रणमा लिइएकाहरुमा म्याग्दीको बेनी नगरपालिका–७,बेनी बजारका ४८ वर्षीय नारायण घर्ती,कास्कीको पोखरा महानगरपालिका–१५ का ४७ वर्षीय रोशन के.सी,पोखरा महानगरपालिका–१७ बिरौटाका ३९ वर्षीय सुदिप आचार्य,रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ नेपालगञ्ज रोडका ४६ वर्षीय रामु श्रेष्ठ, बुटवल उपमहानगरपालिका–३, सिमानगरका ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ र क्यासिनोका पिट म्यानेजर भारतका २५ वर्षीय पारस भाटिया रहेका छन् ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा पठाइएको र घटनासम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ...
। वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०७२० नम्बरको भ्यानले पैदलयात्रामा रहेका गुप्तालाई ठक्कर दिएको थियो । दुर्घटनामा टाउको र दाहिने गोडामा गम्भीर चोट लागि घाइते भएकी गुप्ताको ...
: भारतीय विदेश मन्त्रालयले नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला सिफारिस गरेको छ। भारत सरकारले देलाललाई नेपालको राजदूतमा नियुक्त गर्न लागेको हो। नेपाल सरकारले सहमति दिएपछि उनी राजदूतमा नियुक्त भएर काठमाडौंस्थित भारतीय दूतावासमा जिम्मेवारी सम्हाल्न आउनेछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यसअघिका राजदूत नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि भारतले नयाँ राजदूत प्रस्ताव अगाडि बढाएको हो। दलेला सन् ...
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...