मुख्य समाचार
प्रधानमन्त्री वालेन्द्र शाहले विपद् उद्धार, खोज तथा राहत वितरणका कामलाई थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरूलाई एकीकृत कमान्ड प्रणालीअन्तर्गत रहेर काम गर्न निर्देशन
प्रधानमन्त्री वालेन्द्र शाहले विपद् उद्धार, खोज तथा राहत वितरणका कामलाई थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरूलाई एकीकृत कमान्ड प्रणालीअन्तर्गत रहेर काम गर्न निर्देशन

: प्रधानमन्त्री वालेन्द्र शाहले विपद् उद्धार, खोज तथा राहत वितरणका कामलाई थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरूलाई एकीकृत कमान्ड प्रणालीअन्तर्गत रहेर काम गर्न निर्देशन दिएका छन्।

बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग भएको उच्चस्तरीय भेटघाट तथा समीक्षा बैठकका क्रममा प्रधानमन्त्री शाहले यो विपत्ति सामूहिक साहस र दृढताले मात्र सामना गर्न सकिने बताउँदै सबै निकायबीच निरन्तर समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका हुन्।

भेटघाटका क्रममा प्रधानमन्त्री शाहले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचारलगायतका विषयमा विस्तृत ब्रिफिङ लिएका थिए। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग बेग्लै छलफल गरेका शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग सामूहिक छलफल गरेका थिए।

छलफलका क्रममा प्रधानमन्त्री शाहले भदौ १० गते रसुवा जिल्लामा आएको भोटेकोशी बाढीले निम्त्याएको संकट व्यवस्थापनका विषयमा चासो राखेका थिए। सुरक्षा संगठनहरूले विपद् उद्धारमा देखाएको तदारुकता र काम–कारबाहीको प्रशंसा गर्दै प्रधानमन्त्री शाहले हाल उद्धार तथा राहतको काम कसरी अघि बढिरहेको छ भन्नेबारे जिज्ञासा राखेका थिए।

‘उद्धारको काम कहाँ पुग्यो ? अब के–कति बाँकी छ ? कहिले सकिन्छ ? अनि अब थप के गर्न सकिन्छ ?’
भन्ने विषयमा शाहले विशेष चासो देखाएका थिए। विपद् प्रभावित सबै ठाउँमा उद्धार सामग्री र राहत पुगे, नपुगेको विषयमा पनि प्रधानमन्त्रीले जानकारी लिएका थिए। जवाफमा सुरक्षा संगठनका प्रमुखहरूले आ–आफ्नो मातहतबाट भएका काम–कारबाही र उद्धारमा देखिएका चुनौतीबारे जानकारी गराएका थिए।

बैठकमा सुरुङमा फसेका व्यक्तिहरूको उद्धारमा भएका कठिनाइ, शवको संकलन तथा व्यवस्थापनमा देखिएका समस्याबारे पनि छलफल भएको थियो। बाढीले बगाएर ल्याएका शवहरूको संकलनमा समेत समस्या देखिएको सुरक्षा प्रमुखहरूले बताएका थिए। शवहरू निकै गलिसकेको अवस्थामा भेटिएकाले पहिचान, संकलन र व्यवस्थापनमै जटिलता थपिएको उनीहरूको भनाइ थियो।

नेपाल प्रहरीले आफ्नो प्रक्रियाअनुसार शव व्यवस्थापन गरिरहेको र बेपत्ता व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिइएको थियो। सुरुङमा फसेका व्यक्तिहरूको उद्धारबारे प्रधानमन्त्री शाहले विशेष चासो राख्दै सुरुदेखि जुन गतिमा काम भइरहेको छ, सोही गतिलाई निरन्तरता दिन निर्देशन दिएका थिए। साथै, वैदेशिक विशेषज्ञहरूसमेत खटिएर भइरहेको कामबारे पनि उनले जानकारी लिएका थिए।

बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार, राहत सामग्री वितरण र घाइतेलाई अस्पताल पु¥याउने कार्यलाई प्राथमिकता दिएको बताए। कठिन भूगोल र लगातारको वर्षाका बाबजुद उद्धार जारी राखिएको बताउँदै सुरक्षा प्रमुखहरूले थप जनशक्ति र उपकरण परिचालन गरेर कामलाई अझ तीव्र बनाइने जानकारी दिए।

नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीले स्थानीय तहमा प्रहरी बलले मृतकको पहिचान, हराएका व्यक्तिहरूको खोजी र भिड नियन्त्रणमा सक्रिय भूमिका खेलिरहेको बताए। उनले राहत वितरणमा पारदर्शिता कायम राख्न विशेष ध्यान दिइएको तर स्रोत तथा उपकरण अझै अपर्याप्त रहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए।

सशस्त्र प्रहरी प्रमुख नारायणदत्त पौडेलले बाढी प्रभावित क्षेत्रमा अस्थायी शिविर खडा गरेर उद्धारको काम भइरहेको जानकारी दिए। भग्नावशेषमा पुरिएका, घरभित्र थुनिएका तथा पानी र हिलोमा फसेकाहरूको उद्धार तथा खोजीका लागि सशस्त्र प्रहरीले विशेष टोली नै खटाएको छ।

खाद्यान्न वितरण र घाइतेको उपचारमा सशस्त्र प्रहरी अग्रसर रहेको उल्लेख गर्दै आईजीपी पौडेलले लगातारको वर्षा र पहिरोले अवरोध पु¥याए पनि प्रभावित क्षेत्रमा टोली निरन्तर सक्रिय रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...