मुख्य समाचार
प्रधानमन्त्री वालेन्द्र शाहले विपद् उद्धार, खोज तथा राहत वितरणका कामलाई थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरूलाई एकीकृत कमान्ड प्रणालीअन्तर्गत रहेर काम गर्न निर्देशन
प्रधानमन्त्री वालेन्द्र शाहले विपद् उद्धार, खोज तथा राहत वितरणका कामलाई थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरूलाई एकीकृत कमान्ड प्रणालीअन्तर्गत रहेर काम गर्न निर्देशन

: प्रधानमन्त्री वालेन्द्र शाहले विपद् उद्धार, खोज तथा राहत वितरणका कामलाई थप प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरूलाई एकीकृत कमान्ड प्रणालीअन्तर्गत रहेर काम गर्न निर्देशन दिएका छन्।

बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग भएको उच्चस्तरीय भेटघाट तथा समीक्षा बैठकका क्रममा प्रधानमन्त्री शाहले यो विपत्ति सामूहिक साहस र दृढताले मात्र सामना गर्न सकिने बताउँदै सबै निकायबीच निरन्तर समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका हुन्।

भेटघाटका क्रममा प्रधानमन्त्री शाहले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचारलगायतका विषयमा विस्तृत ब्रिफिङ लिएका थिए। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग बेग्लै छलफल गरेका शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग सामूहिक छलफल गरेका थिए।

छलफलका क्रममा प्रधानमन्त्री शाहले भदौ १० गते रसुवा जिल्लामा आएको भोटेकोशी बाढीले निम्त्याएको संकट व्यवस्थापनका विषयमा चासो राखेका थिए। सुरक्षा संगठनहरूले विपद् उद्धारमा देखाएको तदारुकता र काम–कारबाहीको प्रशंसा गर्दै प्रधानमन्त्री शाहले हाल उद्धार तथा राहतको काम कसरी अघि बढिरहेको छ भन्नेबारे जिज्ञासा राखेका थिए।

‘उद्धारको काम कहाँ पुग्यो ? अब के–कति बाँकी छ ? कहिले सकिन्छ ? अनि अब थप के गर्न सकिन्छ ?’
भन्ने विषयमा शाहले विशेष चासो देखाएका थिए। विपद् प्रभावित सबै ठाउँमा उद्धार सामग्री र राहत पुगे, नपुगेको विषयमा पनि प्रधानमन्त्रीले जानकारी लिएका थिए। जवाफमा सुरक्षा संगठनका प्रमुखहरूले आ–आफ्नो मातहतबाट भएका काम–कारबाही र उद्धारमा देखिएका चुनौतीबारे जानकारी गराएका थिए।

बैठकमा सुरुङमा फसेका व्यक्तिहरूको उद्धारमा भएका कठिनाइ, शवको संकलन तथा व्यवस्थापनमा देखिएका समस्याबारे पनि छलफल भएको थियो। बाढीले बगाएर ल्याएका शवहरूको संकलनमा समेत समस्या देखिएको सुरक्षा प्रमुखहरूले बताएका थिए। शवहरू निकै गलिसकेको अवस्थामा भेटिएकाले पहिचान, संकलन र व्यवस्थापनमै जटिलता थपिएको उनीहरूको भनाइ थियो।

नेपाल प्रहरीले आफ्नो प्रक्रियाअनुसार शव व्यवस्थापन गरिरहेको र बेपत्ता व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जानकारी दिइएको थियो। सुरुङमा फसेका व्यक्तिहरूको उद्धारबारे प्रधानमन्त्री शाहले विशेष चासो राख्दै सुरुदेखि जुन गतिमा काम भइरहेको छ, सोही गतिलाई निरन्तरता दिन निर्देशन दिएका थिए। साथै, वैदेशिक विशेषज्ञहरूसमेत खटिएर भइरहेको कामबारे पनि उनले जानकारी लिएका थिए।

बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार, राहत सामग्री वितरण र घाइतेलाई अस्पताल पु¥याउने कार्यलाई प्राथमिकता दिएको बताए। कठिन भूगोल र लगातारको वर्षाका बाबजुद उद्धार जारी राखिएको बताउँदै सुरक्षा प्रमुखहरूले थप जनशक्ति र उपकरण परिचालन गरेर कामलाई अझ तीव्र बनाइने जानकारी दिए।

नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्कीले स्थानीय तहमा प्रहरी बलले मृतकको पहिचान, हराएका व्यक्तिहरूको खोजी र भिड नियन्त्रणमा सक्रिय भूमिका खेलिरहेको बताए। उनले राहत वितरणमा पारदर्शिता कायम राख्न विशेष ध्यान दिइएको तर स्रोत तथा उपकरण अझै अपर्याप्त रहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए।

सशस्त्र प्रहरी प्रमुख नारायणदत्त पौडेलले बाढी प्रभावित क्षेत्रमा अस्थायी शिविर खडा गरेर उद्धारको काम भइरहेको जानकारी दिए। भग्नावशेषमा पुरिएका, घरभित्र थुनिएका तथा पानी र हिलोमा फसेकाहरूको उद्धार तथा खोजीका लागि सशस्त्र प्रहरीले विशेष टोली नै खटाएको छ।

खाद्यान्न वितरण र घाइतेको उपचारमा सशस्त्र प्रहरी अग्रसर रहेको उल्लेख गर्दै आईजीपी पौडेलले लगातारको वर्षा र पहिरोले अवरोध पु¥याए पनि प्रभावित क्षेत्रमा टोली निरन्तर सक्रिय रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले भैरहवास्थित कालिङ्गा क्यासिनो (विमानस्थल नजिक) मा छापा मारेर क्यासिनोको कर्मचारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। क्यासिनोमा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र बहादुर खत्रीको विशेष टोलीले बिहीबार चेकजाँच गरेको थियो। सो क्रममा जुवा खेलिरहेको अवस्थामा पाँचजना नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरलाई नियन्त्रणमा लिइएको ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताएका हुन्। उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना, तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा ...
: झापास्थित बीएण्डसी मेडिकल कलेजमा कार्यरत एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्ला करैयामाई गाउँपालिका–८ निवासी २५ वर्षीय सञ्जय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो ३:३० बजे मेचीनगर नगरपालिका–१२ धाइजन चोकस्थित बीएण्डसी मेडिकल कलेज (चारआली) मा कार्यरत चौधरीले कलेजबाट बिजुलीको तार तानेर नजिकैको झिलिमिले नहरमा माछा ...
: स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताएकी छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन्। घटनाको स्थलगत छानबिनका लागि नेपाल ...
: चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय गाडी (ईभी) मा अकस्मात् आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोक नजिकै पूर्व-पश्चिम राजमार्गको सर्भिस लेनमा आज बिहान करिब ६:०० बजे बा ०१–०३० च ५५७९ नम्बरको 'आयन वाई' ब्रान्डको विद्युतीय गाडीमा आगलागी भएको हो। घटनाको जानकारी पाउनासाथ पुगेको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो। आगो निभाएपछि गाडीभित्र ...