। राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले आत्महत्या रोकथाममा सरकारले काम गर्नुपर्ने बताएकी छन् ।
उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताएकी हुन् ।
‘१० सेप्टेम्बरमा विश्वले आत्महत्या रोकथाम दिवस मनायो । तर यो अभियानमा नेपाल कहाँ छ ? आफैँलाई सोधौं’ उनले भनिन् ।
एकै हप्तामा तीन जना आत्मदाहमा होमिएको उनले बताइन् ।
स्वास्थ्य सेवा विभागको तथ्यांक उद्धृत गर्दै उनले दैनिक २० जनाले आत्महत्या गर्ने गरेको बताइन् । यसको रोकथाममा के कति काम गरियो भनेर समीक्षा गर्न आवश्यक रहेको बताइन् ।
मनोपरामर्शमा चनाखो बन्न आवश्यक रहेको बताइन् ।