मुख्य समाचार
दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर इमरान ताहिरले ४७ वर्षको उमेरमा टी–२० क्रिकेटमा ५-विकेट प्रदर्शन गर्दै नयाँ कीर्तिमान
दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर इमरान ताहिरले ४७ वर्षको उमेरमा टी–२० क्रिकेटमा ५-विकेट प्रदर्शन गर्दै नयाँ कीर्तिमान

। दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर इमरान ताहिरले ४७ वर्षको उमेरमा टी–२० क्रिकेटमा ५-विकेट प्रदर्शन गर्दै नयाँ कीर्तिमान बनाएका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा गयाना अमेजन वारियर्सका लागि सेन्ट लुसिया किंग्सविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् ।

प्रोभिडेन्समा बुधबार भएको खेलमा ताहिरले चार ओभरमा १७ रन खर्चिएर ५ विकेट लिए । यो उनको टी–२० क्रिकेट करियरकै उत्कृष्ट बलिङ प्रदर्शन समेत हो । उनले आफ्नो ४६१औं टी–२० खेलमा यो कीर्तिमान बनाएका हुन् ।
ताहिरले सन् २००६ मा पाकिस्तानको घरेलु क्रिकेटबाट टी–२० करियर सुरु गरेका थिए । चार दशक पार गरिसक्दा पनि उनी गयानाको कप्तान तथा प्रमुख स्पीनरका रूपमा सक्रिय छन् ।

खेलपछि ताहिरले आफ्नो छोराले अझै क्रिकेट खेल्न प्रेरित गरिरहेको बताए । उनका अनुसार छोराले ‘ड्याडी, अझै एक वर्ष खेल्नुस्’ भन्दै आफूलाई निरन्तर खेलिरहन प्रेरित गर्ने गरेका छन् ।

“मेरो छोराले नै मलाई सबैभन्दा बढी प्रेरित गरिरहेको छ । उसले ‘ड्याडी, अझै एक वर्ष, त्यसपछि मसँगै खेल्नुपर्छ’ भनिरहन्छ। उसलाई र विश्वभर मलाई हेरिरहेका युवा खेलाडीलाई प्रेरित गर्न पनि म खेलिरहन चाहन्छु” ताहिरले भने।

सेन्ट लुसिया किंग्सलाई ११९ रनमै रोक्ने क्रममा ताहिरले कमिल पूरनलाई ४३ रनमा एलबीडब्ल्यू आउट गरेका थिए । उनले म्याथ्यु फोर्डेलाई पनि आफ्नो गुग्लीमार्फत बोल्ड गरेका थिए ।

ताहिरले प्रोभिडेन्सको पिचमा बलले राम्रोसँग टर्न पाएको र सही लाइन तथा लेन्थमा बलिङ गर्दा सफलता मिलेको बताए ।

ताहिरको उत्कृष्ट बलिङपछि क्वेन्टिन स्याम्पसनले ११ बलमा अविजित ३७ रन बनाएपछि गयाना अमेजन वारियर्सले लक्ष्य सहजै पूरा गरेको थियो । उनको स्ट्राइक रेट ३३६.३६ थियो।

सीपीएलको यस सिजन प्लेअफमा स्थान सुरक्षित गरिसकेको गयाना अमेजन वारियर्सले अब सेप्टेम्बर ११ मा ट्रिनबागो नाइट राइडर्ससँग समूह चरणको अर्को खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो। मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई पराजित गरेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको हो। एसीसी प्रिमियर कपको शिर्ष ३ टोलीले इमर्जिङ टिम्स एसिया कपमा खेल्न पाउनेछन्। नेपालले ओमानलाई पराजित गरेसँगै फाइनल पुगेको हो। ओमान र हङकङबिच तेस्रो स्थानको ...
: नेपाल भलिबल लिग (एनभीएल) को बिहीबार भएको खेलमा सगरमाथा स्म्यासर्सलाई पराजित गर्दै अन्नपूर्ण स्पाइकर किंग्स फाइनलमा प्रवेश गरेको छ। लिग चरणको आ–आफ्नो अन्तिम खेल जित्दै अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान रहेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड ...
: एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित, वायुमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो। नेपालले दिएको १४८ रनको विजयी लक्ष्य पछाएको ओमान २८.१ ओभरमा ६० रन बनाउँदै अलआउट भएको हो। ओमानलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछाने र ...
: नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई २५–२०,२५–२०, २१–२५ र २५–१९‌ले पराजित गरेको हो। मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ। कर्णाली शिवराजले प्लेअफमा काठमाडौं रेड्ससँग खेल्नेछ। यी दुवै टोली मध्ये विजयी टोलीले ...
: नेपाल भलिबल लिग (एनभिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई पराजित गरेको छ। यो खेलमा हार बेहोर्दै खप्तड फाल्कन्स भने प्रतियोगिताबाट बाहिरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा ३-० को सोझो सेटमा पराजित गरेको हो। अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई २५-१५,२५-१५ र २९-२७ ले हरायो। प्रतियोगितामा अन्नपूर्ण स्पाइकर ...