मुख्य समाचार
विसं २०८४ को पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई आगामी असोज २० गतेभित्र पात्रो गणनाको गणित पेस गर्न आह्वान
विसं २०८४ को पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई आगामी असोज २० गतेभित्र पात्रो गणनाको गणित पेस गर्न आह्वान

। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई आगामी असोज २० गतेभित्र पात्रो गणनाको गणित पेस गर्न आह्वान गरेको छ ।

समितिले पञ्चाङ्गखण्ड सौरोक्तपद्धतिबाट र अन्य ग्रहहरूको गणना केतकीय पद्धतिबाट गर्न सूचित गरिएको अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए। असोज २० गतेभित्र सबै विषयवस्तु समावेश गरिएको पञ्चाङ्ग पेस गर्न अनुरोध गरिएको उनको भनाइ छ। विसं २०८३ को पात्रोसमेत यही पद्धतिबाट स्वीकृति दिइएको छ ।

नयाँ पञ्चाङ्गकारहरूले हातले लेखेको तीन वर्ष अर्थात् २०८४ देखि २०८६ सम्मको गणितको मस्यौदा पेस गर्नुपर्ने समितिले जारी गरेको सूचनामा उल्लेख छ । नयाँ पञ्चाङ्गकारले पञ्चाङ्गगणनाको सबै आधार तथा विषयवस्तुको खेस्रा पनि समितिमा बुझाउनुपर्ने निर्णय समितिले गरेको अध्यक्ष भट्टराईले बताए।

‘म्याद नाघी पेस भएका, अङ्ग नपुगेका र समितिले अङ्गीकार नगरेका सिद्धान्तबाट गणना गरिएका पञ्चाङ्गहरूलाई स्वीकृति प्रदान गरिने छैन, भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गर्न चाहने संस्था वा व्यक्तिले पनि समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्नुहुन समितिले अनुरोध गरेको छ’, उनले भने।

समितिले निर्णय गरेका चाडपर्व, जात्रालगायतका विवरणहरू फरक पर्न गई भ्रम पर्न जाने अवस्था देखिएमा प्रकाशित पञ्चाङ्ग तथा भित्तेपात्रोलाई नियमानुसार आवश्यक कारबाहीसमेत हुने पनि समितिले सूचनामार्फत जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ। प्रेस विज्ञप्तिअनुसार यो व्यवस्था लागू ...
। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । कार्यकारी प्रमुख छनोट उपसमितिले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि दरखास्त मागेको हो । इच्छुक उम्मेदवारले १० दिन भित्र आवश्यक कागजातसहित सूचना दिन सकिने बताएको छ । कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव भएको हुनुपर्ने शर्त ...
। प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले २४ सेप्टेम्बर (८ असोज)मा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन् । ‘संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको ‘हाई लेभल जनरल डिबेट’ २२–२८ सेप्टेम्बरसम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ,’ सचिव राईले भने, ‘महासभाको जनरल ...
। विपद्‌मा खाना पकाउने ग्यासमा तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कारबाहीको माग गरेको हो । लामो समयदेखि मुलुकमा ग्यास अभाव भइरहेकोमा पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीले थप समस्या निम्त्याएको ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ बाट दुई, मोरङको लेटाङ नगरपालिका–४ बिपी चोकबाट दुई, उदयपुरको त्रियुगा नगरपालिका–६ बाट पाँच, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–७ जनआवाज चोकबाट एक र टीकापुर नगरपालिका–९ खक्रौलाबाट दुई जना पक्राउ परेका ...