मुख्य समाचार
बाढी प्रभावित राहत कोषमा ‘भिल’ को १ करोड रुपैयाँ सहयोग
बाढी प्रभावित राहत कोषमा ‘भिल’ को १ करोड रुपैयाँ सहयोग

। आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ले बाढी प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै बाढी प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता पूरा गर्न, अत्यावश्यक सामग्री, आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापना प्रयासमा सघाउ पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ।

बाढीका कारण ज्यान गुमाएका मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै भिलले उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा अहोरात्र खटिएका सरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीय समुदायको प्रयासको प्रशंसा गरेको छ।

संकटको यस घडीमा समुदायको साथमा उभिनु आफ्नो संस्थागत उत्तरदायित्व भएको उल्लेख गर्दै भिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिलिप ढकालले भनेका छन्, ‘यस्ता कठिन समयमा हामी सबै एकजुट भएर आवश्यकतामा रहेका समुदायको साथमा उभिनु महत्त्वपूर्ण हुन्छ। आगामी दिनमा पनि अर्थपूर्ण रूपमा सहयोग गर्न सकिने उपायहरू हामी खोजिरहनेछौँ।’

सानो प्रयासले पनि प्रभावित नागरिकको जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने भन्दै उनले एकअर्काको साथमा उभिनु नै अहिलेको मुख्य दायित्व भएको बताएका छन्। कम्पनीले बाढीबाट प्रभावित समुदायको पुनरुत्थानका लागि आ–आफ्नो तर्फबाट योगदान गर्न अन्य व्यावसायिक प्रतिष्ठान, संघसंस्था तथा व्यक्तिहरूलाई समेत अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट १०० रुपैयाँका नोट पनि वितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशीे बाढीले ठूलो जनधनको ...
। कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनका क्रममा सर्वोच्च अदालतमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानन्यायाधीशले संवैधानिक इजलास गठनलाई व्यक्तिगत तजबिजको विषय बनाइराख्ने प्रवृत्ति देखिएको बारले संवैधानिक इजलास गठनको मापदण्ड तय गर्न माग गरेको हो । बारले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरिनुपर्ने र त्यसो गर्न नसकिने वस्तुगत अवस्था ...
। इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । यसअघि सीआईबीले कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी ...
। मलेसियाले आगामी नोभेम्बर ५ देखि नेपालबाट नयाँ प्रणाली मार्फत श्रमिक लैजाने जनाएको छ । मलेसियाले ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मार्फत श्रमिक लैजाने अन्तिम मिति आगामी ५ नोभेम्बर २०२६ भनेको छ । मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्तीसम्बन्धी प्रणाली सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन बीएचडीले ६ अक्टोबरमा ‘मेमो’ जारी गर्दै नेपालका लागि ५ नोभेम्बर २०२६ ...
। दाङमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका –२ खलङ्गा घर भई तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका २ वर्षीय छोरा आयन रहेका छन् । बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका ...