मुख्य समाचार
व्यापार, ऊर्जा र रक्षाबारे छलफल
व्यापार, ऊर्जा र रक्षाबारे छलफल

। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्।

राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्।

मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ दिल्लीको सम्मेलन केन्द्रमा हाँस्दै गरेको र एकअर्कालाई पिठ्युँमा धाप मारेको, अँगालो हालेको तस्वीर सार्वजनिक भएका छन्।

अमेरिका–इरान युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटमा भारतले रुसतर्फ ध्यान दिएको छ। युक्रेनमा रुसको युद्ध र वासिङ्टनलगायत पश्चिमी देशहरूको दबाबका बाबजुद पनि भारतले रुसी तेल किनिरहेको छ।

नेता पुटिन सन् २०२५ डिसेम्बरमा भारत आएका थिए। यस महिनाको सुरुमा किर्गिस्तानको बिस्केकमा भएको शाङ्घाई सहयोग सङ्गठनको बैठकमा पनि दुवै नेता भेटेका थिए। त्यहाँ भारतीय प्रधानमन्त्री मोदीले पुटिनलाई ‘अनन्त युद्धबाट युद्धको अन्त्यतिर अघि बढ्न’ आग्रह गरेका थिए।

मध्यपूर्व युद्ध सुरु भएपछिका हप्ताहरूमा मार्चमा भारतीय रिफाइनरीहरूले रुसबाट कच्चा तेलको आयात झण्डै दोब्बर बनाएका थिए। प्रतिबन्धमा अस्थायी अमेरिकी छूटले यसमा सहयोग पुगेको थियो।

व्यापारिक सूचना कम्पनी केप्लरका अनुसार जुनमा आयात बढेर दैनिक २७ लाख १० हजार ब्यारेल पुगेको थियो भने जुलाईमा यो २८ लाख १० हजार ब्यारेलको उच्चस्तरमा पुगेको थियो। अगस्टमा भने घटेर दैनिक २० लाख ७० हजार ब्यारेल भए पनि अझै महत्वपूर्ण मात्रामा नै छ।

भारतीय सरकारी तथ्याङ्कअनुसार सन् २०२५/२६ मा दुई देशबीचको वस्तु व्यापार ५९.९ अर्ब डलर पुगेको थियो। भारतले ४.४९ अर्ब डलर निर्यात गर्दा ५५.३७ अर्ब डलरको आयात गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिनल्याण्ड सरकारले वातावरणीय चिन्ता व्यक्त गर्दै गुगलका दुई प्रस्तावित डेटा सेन्टरको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । डेटा सेन्टर निर्माणको क्रममा ३०० हेक्टरभन्दा बढी जंगल फँडानी गरिएको भन्दै फिनल्यान्डका अधिकारीहरूले काम रोक्न निर्देशन दिएका हुन् । गुगलले डेटा सेन्टरका लागि फिनल्यान्डमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो । गुगलका अनुसार यो युरोपमा कम्पनीले ...
यमनको सरकारले हुथी विद्रोहीविरुद्ध सञ्चालन गरिएको स्थलगत सैन्य अभियानले प्रगति हासिल गरिरहेको दाबी गरेको छ । सुरक्षा तयारी बढाउने विषयमा अधिकारीहरूबीच छलफल भइरहेका बेला सरकारले यस्तो जानकारी दिएको हो । सरकारी समाचार संस्था साबाका अनुसार प्रधानमन्त्री शाय अल–जिन्दानीले मंगलबार एडेनमा मन्त्रीहरूसँग भेट गरी सैन्य अभियानबारे छलफल गरेका थिए । उनले सुरक्षा तयारी बढाउन, महत्वपूर्ण संरचनाको सुरक्षा ...
। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रोयटर्ससँगको अन्तर्वार्तामा अमेरिकासँगको युद्ध अन्त्य गर्न इरानी अधिकारीहरूले आफ्नो युरेनियम प्रवर्धन क्षमता उल्लेख्य रूपमा घटाउनुपर्ने बताएका छन्। भान्सले भने, ‘यदि तपाईं आणविक हतियार चाहनुहुन्न भने, ६० प्रतिशत प्रवर्धित इन्धन किन चाहिन्छ? र यदि तपाईं आणविक हतियार नबनाउने प्रतिबद्धता देखाउन चाहनुहुन्छ भने, उच्च प्रवर्धित इन्धन नबनाउनुहोस्। युद्ध अन्त्य गर्दा यो एक धेरै ...
। उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण गर्दा पाँच खानी मजदुरसहित १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । मारू जिल्लाको बिन्दिन गाउँबाहिर रहेको खानीमा सोमबार मोटरसाइकलमा आएका दर्जनौँ गिरोहका सदस्यले गोली चलाउँदा पाँच खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । त्यसपछि गाउँमा प्रवेश गरेका बन्दुकधारी र सुरक्षाकर्मीबीच भएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियाको एक प्रयोगशालामा सम्भावित ‘न्युमोनिक प्लेग’ को सङ्क्रमण देखिएपछि अमेरिकाले रुसलाई आवश्यक सहयोग गर्ने बताएका छन्। यद्यपि यस विषयमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भने प्रत्यक्ष कुराकानी नगरेको स्पष्ट पारेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीले भर्खरै यसबारे जानकारी पाएका छौँ। हामी उनीहरूलाई सहयोग गर्नेछौं-हामीले सक्ने जति सहयोग ...