मुख्य समाचार
ब्रिटिश लगानीकर्तालाई लगानी गर्न आह्वान
ब्रिटिश लगानीकर्तालाई लगानी गर्न आह्वान

। विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ ।

आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई नेपालको सूचना प्रविधि क्षेत्रमा विश्वास, लगानी र साझेदारी गर्न आह्वान गरे ।




कार्यक्रममा नेपालको उदीयमान ‘प्रविधि इकोसिस्टम’ बारे वहससहित नेपाली आइटी जनशक्तिले विश्वव्यापी ग्राहकहरूका लागि सफ्टवेयर, एआई, क्लाउड वर्क आदि सेवा प्रदान गरिरहेका जनाइयो ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस् कम्पनीज (नास–आइटी) ले बुधबार लन्डन हिथ्रोस्थित रेडिसन ब्लुमा कार्यक्रम गरेको हो ।



ब्रिटिश विदेश, कमनवेल्थ तथा विकास मन्त्रालयको सहयोगमा आयोजित ‘नेपाल टेक रोड शो युके २०२६’ मा प्रस्तुति दिंदै नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीज (नास–आइटी) का उपाध्यक्ष विभूषण विष्टले नेपालमा अहिले वर्षेनी झन्डै १० हजार आइटी स्नातकहरु उत्पादन भइरहेको जनाए ।

उनले आइआइडीएसको एक अध्ययन अनुसार नेपालने सन् २०२२ मा झन्डै ५१ करोड अमेरिकी डलर बराबरको आइटी सम्बन्धी सेवाहरु निर्यात गरेको र सन् २०२६ मा त्यस्तो सेवा झन्डै ८० करोड डलर पुगेको अनुमान गरिएको बताए ।

उनले नेपालले छिट्टै वर्षेनी १ अर्ब डलर बराबरको आइटी सम्बन्धी सेवाहरु विदेश निर्यात गर्ने लक्ष्य लिएको जनाए ।

नास–आइटीका संस्थापक बोर्ड सदस्य निर्देश द्वाले नेपाली कम्पनीहरुले अमेरिका, युरोप लगायत मुलुकका ठूला कम्पनीहरुसंग मिलेर काम गरिरहेको बताउंदै ब्रिटिश कम्पनीहरुलाई पनि नेपाली कम्पनीहरुसंग मिलेर काम गर्न आग्रह गरे। ‘नेपाली युवाहरु अंग्रेजी बोल्छन्, टाइम जोन पनि झन्डै ५ घण्टाको मात्रै फरक छ, हामी तपाईंहरुसंग सहकार्य गर्न तयार छौं’, उनले भने ।

काठमाडौंस्थित ब्रिटिश राजदूतावासका व्यापार तथा लगानी, व्यवसाय, नवप्रवर्तन एवं विज्ञान विभाग प्रमुख अनुप श्रेष्ठले सूचना प्रविधि र नवप्रवर्तनलाई प्रवर्धन गर्ने बेलायती सरकारको प्राथमिकतामाथि प्रकाश पारे ।

उनले नेपाली प्रविधि कम्पनीहरूलाई बेलायती बजारमा प्रवेश गर्न तथा आफ्नो व्यवसाय विस्तारका लागि पहल गर्न आग्रह गर्दै नेपाल र बेलायतका व्यवसायबीच थप सहकार्यका लागि ब्रिटिश दूतावास सहजीकरण तथा सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपालको युवा जनसंख्या र उच्चस्तरको आइटी साक्षरता मुलुकका महत्वपूर्ण प्रतिस्पर्धात्मक क्षमता भएको बताए ।

‘ग्लोवल आउटसोर्सिङ ट्यालेन्ट इन्डेक्स् २०२६’ मा नेपालको स्थान अग्रपंक्तिमा रहेको स्मरण गर्दै दुवाडीले नेपाली सूचना प्रविधि व्यवसायीहरु साझेदारका रुपमा काम गर्न तयार भइसकेको बताए ।

नेपाल सरकारले ‘बोर्डर लेस इकोनोमी’ र ‘वेट लेस ट्रेड’ लाई प्राथमिकता दिएको उल्लेख गर्दै दुवाडीले आइटीलाई राष्ट्रिय रणनीतिक उद्योगका रुपमा लिने सरकारको नीति रहेकाले बेलायतका व्यवसायीलाई लगानी र व्यापारिक साझेदारी गर्न प्रोत्साहित गरे ।

दुवाडीले नेपाली आइटी कम्पनीहरूले विश्वका विभिन्न मुलुकका व्यवसायलाई सेवा प्रदान गरिरहेको उल्लेख गर्दै सरकारले आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रूपमा थप विकास गर्न चाहेको बताए ।

सूचना प्रविधि क्षेत्रको व्यवसायलाई बढवा दिन सकिए बेलायत र नेपालबीचको व्यापार बढ्ने धारणा पनि उनको थियो । हाल बेलायत नेपालबीच वार्षिक ३०० मिलियन पाउण्ड हाराहारीमात्र व्यापार छ ।

दूतावासले व्यापार, लगानी, प्रविधि र आउटसोर्सिङमार्फत नेपाल–बेलायत आर्थिक साझेदारीलाई अगाडि बढाउन निरन्तर कार्यक्रम गरिरहेको पनि दुवाडीले जनाए ।

वेष्ट लन्डन चेम्बर अफ कमर्सका सीइओ एलन राइड्सले गत जुलाईमा आफ्नो संस्थाले दूतावासको पहलमा नेपाल उद्योग परिसंघ तथा नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच एमओयू (समझदारी पत्र) मा हस्ताक्षर गरेको स्मरण गर्दै नेपाली आइटी कम्पनीहरूसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष विराज भट्टले नेपाल र बेलायतबीच व्यापार तथा व्यवसाय प्रवर्धन र सहजीकरणमा संस्थाले भूमिका निर्वाह गर्दै आएको प्रकाश पारे ।

कार्यक्रममा जेनेस सोलुसनका सीइओ अन्जनी फुयाल र सिम्प्लिफाइड सोलुसन्स्का संस्थापक सुरज ज्ञवालीले बेलायतमा व्यवसाय सञ्चालन गर्दाका संघर्ष, सफलता र अनुभवहरू साटासाट गरे ।

डा. भगवान ओझाले एआई र डेटा इन्जिनियरिङबारे प्रस्तुतिकरण दिए । अन्त्यमा डिएआइका टिम लिडर रतिश बस्नेतले सबैप्रति धन्यवाद व्यक्त गरे ।

नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रका रूपमा चिनाउने लक्ष्यसहित अगाडि बढिरहेको नास–आइटीले यसअघि अमेरिका र अष्ट्रेलियामा समेत ‘नेपाल टेक रोड शो’ गरिसकेको छ भने १६ सेप्टेम्बरमा स्वीटजरल्याण्डमा हुंदैछ । नेपालका प्रमुख ८५ बढी आइटी कम्पनी यस संस्थाका सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...