मुख्य समाचार
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

फाउन्डेसन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका हुन् ।

उनले विपद्को समयमा चीन सरकारले तुरुन्त उपलब्ध गराएको आपत्कालीन सहायता, प्राविधिक सहयोगप्रति आभार व्यक्त गरे ।

उनले हिमताल विस्फोट र अन्य प्राकृतिक प्रकोपबाट बच्न रियल–टाइम स्याटेलाइट डेटा आदानप्रदान, संयुक्त मौसम पूर्वानुमान र पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।

उनले नेपाली चिया, कफी र जडीबुटीलाई चिनियाँ बजारमा सहज पहुँच दिन नेपालमै अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टिन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न प्राविधिक सहकार्य आवश्यक रहेको धारणा राखे ।

उनले भृकुटी र प्राचीन व्यापारिक मार्गको स्मरण गर्दै विद्वान, विद्यार्थी, अनुसन्धानकर्ता र व्यापारीमार्फत जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सरकारले पाँच वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएअनुरूप पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए । बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी ...
। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार ७ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा ...
। ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ मूल नारासहित उद्योग व्यापार संघ बुटवलले राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी सुरु गरेको छ । आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलालाई व्यवस्थित बनाउन आयोजकले औपचारिकरुपमा तयारी शुरु गरेको हो । मेला तयारीअन्तर्गत शनिबार प्रदर्शनी ...
। सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले बजेट निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाउन आर्थिक मामिला मन्त्रालयलाई अधिकार ...
। मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशअन्तर्गतका स्वास्थ्य निकायलाई पत्राचार गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम