मुख्य समाचार
शिक्षामन्त्री सस्मित पोखरेल केही दिनदेखि मधेशमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप- २०७६ परिमार्जनका लागि आवश्यक सुझाव संकलन केन्द्रित कार्यक्रममा सहभागी
शिक्षामन्त्री सस्मित पोखरेल केही दिनदेखि मधेशमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप- २०७६ परिमार्जनका लागि आवश्यक सुझाव संकलन केन्द्रित कार्यक्रममा सहभागी

। शिक्षामन्त्री सस्मित पोखरेल केही दिनदेखि मधेशमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप- २०७६ परिमार्जनका लागि आवश्यक सुझाव संकलन केन्द्रित कार्यक्रममा सहभागी भइरहेका छन्। शनिबार सिरहाको औरही नगरपालिका कार्यक्रम थियो।

उक्त कार्यक्रममा शिक्षामन्त्री पोखरेलले बोल्न थालेलगत्तै विवाद भएको थियो। पाठ्यक्रम विकास केन्द्रको आयोजना भएको कार्यक्रममा उनी प्रमुख अतिथिको वक्ताको रुपमा सम्बोधन गर्न थालेपछि विवाद सुरु भएको थियो।

कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, अभिभावक र विद्यार्थीले लगायत सरोकारवालाहरूले आ-आफ्नो सुझाव राखिसकेपछि औरही नगरपालिका मेयर शिवजी यादवले बोलेका थिए।

त्यसपछि बोल्ने वक्तामा जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतो नाम रहेको थियो। तर उनलाई बोल्न समय नदिई मन्त्रीलाई आग्रह गरिएपछि महतोले प्रश्न गरे- मलाई बोल्न किन बोलाइएन।

रास्वपाका सांसद शिव यादवले होहल्ला भएपछि मन्त्री पोखरेलले छोटो सम्बोधन गरेर निस्किएको बताए। उनले मन्त्री लखेटिएको भनेर भ्रम फैलाइएको पनि बताए।

‘मन्त्रीज्यूले छोटो सम्बोधन गर्नुभयो। सामान्य विवाद भएपछि उहाँ सम्बोधन छुट्याएर निस्किनुभएको हो। लखेटिएको होइन’ उनले भने।

समन्वय समितिका सभापति महतोले कार्यक्रममा मन्त्री ढिलो आउँदा कार्यक्रम तालिका नै प्रभावित भएको आरोप लगाए।

‘तीन घण्टा अगाडि नै कार्यक्रमको सेडुल बनेको थियो। मन्त्रीज्यू ढिलो आउनुभयो। वक्ताहरूलाई बोल्न नदिएर आफैं बोल्न थालेपछि विवाद भएको हो,’ महतोले भने, ‘विवाद भएपछि मन्त्रीज्यू बोल्दाबोल्दै बीचमै हिँड्नुभयो।’

समन्वय समितिका सभापति महतोले भने आफूलाई धारणा राख्न नदिएपछि आफूले प्रश्न उठाएको बताए। उक्त कार्यक्रममा रास्वपाका सांसद पुरुषोत्तम यादव पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको एकलकाँटे र हेपाहा प्रवृत्ति नै मुख्य समस्या भएको बताएका छन् । शनिबार भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेर पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । सरकार र प्रधानमन्त्री बालेनले यो महाविपत्तिमा नागरिकहरूको उद्धार र जीवन बचाउन समन्वय र तत्परता नदेखाएको भन्दै संयोजक प्रचण्डले आपत्ति जनाए ...
। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको जिम्मेवारी न्यायाधीश र अदालतका कर्मचारीका साथै कानुन व्यवसायीहरूको साझा प्रयासबाट मात्र पूरा हुन सक्ने बताएका छन्। उच्च अदालत बार एशोसिएशन पाटनको वार्षिक साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रधान्यायाधीश शर्माले बार र बेन्चबीच कुनै विषयमा भिन्न बुझाइ भए आपसी संवादमार्फत समाधान गरी नागरिकको न्याय पाउने अधिकार सुनिश्चित गर्नुपर्ने समेत बताए। उनले न्याय ...
। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सरकारले पाँच वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिएअनुरूप पछिल्लो समय सिक्टा सिँचाइको काम द्रुत गतिमा भइरहेको आयोजनाका निर्देशक राजु आचार्यले बताए । बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र पूर्वाधार निर्माणको सबै सकिने उनले जानकारी ...
। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार ७ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा ...
। ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ मूल नारासहित उद्योग व्यापार संघ बुटवलले राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी सुरु गरेको छ । आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलालाई व्यवस्थित बनाउन आयोजकले औपचारिकरुपमा तयारी शुरु गरेको हो । मेला तयारीअन्तर्गत शनिबार प्रदर्शनी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम