मुख्य समाचार
रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माण
रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माण

: रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माण भएको छ।गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्म नेपाली सेना र उद्धार टोलीले सडक सञ्जाल जोडेको हो।

भौगोलिक चुनौतीका बीच साढे तीन दिनको अथक प्रयासपछि १ हजार ५० मिटर लामो ट्र्याक खुला गरिएको छ।

यसअघि साना हेलिकप्टरबाट मात्र पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा स्याफ्रुबेँसीतर्फबाट सडक निर्माण सुरु गर्दा पहिले एक्स्काभेटर प्रयोग गरी ५५० मिटर बाटो तयार पारिएको थियो। तत्पश्चात् बाँकी रहेको कडा पहरा चिर्न नेपाली सेनाले ९ पटक नियन्त्रित ब्लास्टिङ गरी थप ५०० मिटर ट्र्याक निर्माण सम्पन्न गरेको हो।

पहरा फोर्ने र ब्लास्टिङको कठिन कार्य सफलतापूर्वक सकिएसँगै चिलिमे जलविद्युत् आयोजनाको सुरुङको मुखसम्मै ठूला तथा भारी उपकरण र आवश्यक सामग्री पुर्‍याउन सम्भव भएको बताइएको छ। भारी उपकरणहरू कार्यस्थलमा पुर्‍याइसकेकाले भोलि वा पर्सिसम्ममा सुरुङ छिचोलिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: १७ दिनअघि रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका उदयपुरका एक व्यक्तिको हिन्दु संस्कारअनुसार कुशको शव बनाई दाहसंस्कार गरिएको छ। भदौ १० गते बिहान ८:३० बजे परिवारसँग सम्पर्कपछि बेपत्ता बनेका त्रियुगा नगरपालिका- ४ का ४२ वर्षीय देवेन्द्र घिमिरेको शनिबार कुशको शव बनाएर दाहसंस्कार गरिएको हो। ‘१७ दिनसम्म पनि सुरुङभित्र वा कहीँ कतै अफ्ठ्यारोमा परेर ...
: श्रम गन्तव्य राष्ट्र मलेसियाले नेपालबाट कामदार लैजान २५ वटा म्यानपावर कम्पनीलाई मुख्य एजेन्टमा निरन्तरता दिएको छ। मलेसियाली सरकारको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली राजदूतावासलाई एक पत्र पठाउँदै नेपालका २५ कम्पनीलाई मुख्य एजेन्सी छनोट तथा स्वीकृत गरेको औपचारिक जानकारी गराएको हो। नेपालबाट कामदार लैजान मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस)मा स्वीकृत २५ वटा मुख्य एजेन्सीको ...
: परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको र नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका हुन्। उनले विपद्को समयमा चीन सरकारले तुरुन्त उपलब्ध गराएको आपत्कालीन सहायता, प्राविधिक सहयोगप्रति आभार व्यक्त गरे । उनले हिमताल विस्फोट र ...
: पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेल मैदान बन्न नहुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा खनालले नेपालले असंलग्न,सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्ने धारणा राखेका हुन् । नेपाल–चीन सीमापार रेलवे र ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने उनको भनाई छ । उनले बीआरआई फ्रेमवर्क अघि बढाउने, चिनियाँ लगानी भित्र्याउने र ...
: प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने भएका छन्। जंगीअड्डा स्रोतका अनुसार प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे छेन्दु जाँदैछन्। प्रधानसेनापति नियुक्त भएपछि सिग्देल पहिलो पटक चीन भ्रमण जान लागेका हुन्। यस अगाडि गतवर्ष भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत भएपनि जेनजी आन्दोलन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम