मुख्य समाचार
पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री
पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री

: पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट विभिन्न कम्पनीका सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन्।

निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८,बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र बिहीबार ४० हजार ६३६ थान सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिएका छन्। मुख्य राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमले यही भदौ १४ गतेदेखि काठमाडौं,धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको थियो।


सरकारले भरिएको घरेलु ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ तोकेको भए पनि ढुवानी कठिनाइको कारण भन्दै उद्योगीहरूले प्रतिसिलिन्डर १०० देखि १०५ रुपैयाँसम्म थप मूल्य लिएको रिपोर्ट छ। तर, बजारमा प्रतिसिलिन्डर २६ देखि ३ हजारसम्म ग्यास बिक्री भइरहेको छ।

विभागका महानिर्देशक मोतीराम सापकोटाले दैनिक १३ वटासम्म अनुगमन टिम परिचालित भएको र बढी मूल्य लिएको थाहा पाए ठाउँको ठाउँ कारबाहीको आधिकार दिएको बताए। तर बजारमा प्रभावकारी अनुगमन भएको देखिँदैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरोकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो । सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई दुई लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ । यस्तै, महिला उद्यमी समूहलाई तीन लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ । महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोगसहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने ...
। भदौ १० मा आएको रसुवा बाढीका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको अनुमान छ । बैंकले बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि ३.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको हो । विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनअनुसार, पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि सुरु हुँदा आर्थिक क्रियाकलापमा टेवा पुग्ने अनुमान गरिएको छ ...
। नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गरेको छ । विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका तर निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्यांकन गरी प्राधिकरणले आरसीओडी थप गरेको हो । प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीए अनुसार प्रवर्द्धकले पूरा गर्नुपर्ने ...
। सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । उक्त प्रयोजनका लागि अर्थ मन्त्रालयले छनोट सम्बन्धी कार्यविधि बनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत वैकल्पिक विकास वित्त कोष कार्यान्वयन घोषणा गरेको थियो । सोही अनुसार वैकल्पिक विकास वित्त परिचालन ऐन २०८३ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको ...