: पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेल मैदान बन्न नहुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा खनालले नेपालले असंलग्न,सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्ने धारणा राखेका हुन् ।
नेपाल–चीन सीमापार रेलवे र ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने उनको भनाई छ । उनले बीआरआई फ्रेमवर्क अघि बढाउने, चिनियाँ लगानी भित्र्याउने र सन्तुलित व्यापार सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए । चीनको विकास मोडल, सामाजिक स्थायित्वबाट नेपालले पाठ सिक्न सक्ने उनले बताए ।
खनालले विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको योगदान निकै न्युन मात्र रहेपनि नेपाल सबैभन्दा बढी जोखिममा परेको उल्लेख गर्दै जलवायु न्यायका लागि आवाज उठाउनुपर्ने उल्लेख गरे।