मुख्य समाचार
जापानिज इन्सेफ्लाइटिस (जेई)को संक्रमणबाट झापामा थप एक बालकको मृत्यु
जापानिज इन्सेफ्लाइटिस (जेई)को संक्रमणबाट झापामा थप एक बालकको मृत्यु

: जापानिज इन्सेफ्लाइटिस (जेई)को संक्रमणबाट झापामा थप एक बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–८ निवासी ८ वर्षीय अविनाश टुडुको जेई संक्रमणबाट मृत्यु भएको भद्रपुर नगर स्वास्थ्य शाखाले जनाएको छ ।

अविनाशलाई भदौ ८ गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो । अस्पतालमा परीक्षणका क्रममा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएपछि थप उपचारका लागि भदौ १० गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) पठाइएको थियो ।
घोपामा करिब १४ दिनसम्म उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएका थिए । घरमै राखेर उपचार तथा हेरचाह गरिरहेका अवस्थामा शुक्रबार उनको मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । अविनाशको मृत्युसँगै झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार यसअघि मेची नगरमा दुई जना तथा बिर्तामोड, बाह्रदशी, अर्जुनधारा र हल्दीबारीमा एक–एक जनाको जेई संक्रमणबाट मृत्यु भइसकेको छ । पछिल्लो समय जिल्लामा जेई संक्रमणसँगै मृत्युसमेत बढेपछि संक्रमण नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

स्वास्थ्य कार्यालयले आगामी असोज ५ गतेदेखि जिल्लामा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । अभियानअन्तर्गत ३० वर्षमाथिका करिब ४ लाख ९३ हजार ३ सय १९ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका प्रमुख ब्रिजकुमार दासले जानकारी दिए । स्वास्थ्य कार्यालयले अभियानलाई प्रभावकारी बनाउन आवश्यक तयारी अघि बढाएको जनाएको छ ।

जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। संक्रमण भएपछि उच्च ज्वरो,टाउको दुख्ने, बेहोस हुने तथा स्नायुसम्बन्धी गम्भीर समस्या देखिन सक्ने भएकाले समयमै उपचार र रोगको रोकथाममा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतले रसुवाको बेत्रावतीमा निर्माण गरिने ७० मिटर लामो बेलिब्रिजका निर्माण सामग्री हस्तान्तरण गरेको छ। भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार बेलिब्रिज निर्माणका भारतबाट ल्याइएको पाटपुर्जाहरूको पहिलो खेप सडक डिभिजनलाई हस्तान्तरण गरिएको हो। मकवानपुर–१ का सांसद प्रकाश गौतम र हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामा, जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको उपस्थितिमा शनिबार ...
: पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नुवाकोट पुगेर बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटका विभिन्न क्षतिग्रस्त क्षेत्रको प्रचण्डले स्थलगत निरीक्षण गरेका हुन्। उनले नुवाकोटको महादेवफांट, देवीघाट, ढुङ्गे र त्रिशूली बजार लगायतका प्रभावित क्षेत्रको निरीक्षण गरे। निरीक्षण प्रश्चात् प्रचण्डले सरकारले प्रभावकारी रूपमा राहत, ...
: अर्थ समितिले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीलाई अयोग्य बनाउने प्रावधान तत्काल संशोधन गर्न निर्देशन दिएको छ। शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ को दफा १८ संशोधन गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको हो। बाफिया ऐन २०७३ को दफा १८ मा बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीलाई अयोग्य बनाउने प्रावधान ...
: गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिक राखिएका राहत सामग्रीको निरीक्षण गरेका छन्। बाढी प्रभावितहरुका लागि विभिन्न मुलुकले प्रदान गरेका राहत सामग्रीहरु विमानस्थलको रनवे नजिक राखिएको छ। त्यी साम्रगीहरुको निरीक्षण गर्न गृहमन्त्री गुरुङ शनिबार बेलुकी विमानस्थल पुगेका हुन्।
: १७ दिनअघि रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका उदयपुरका एक व्यक्तिको हिन्दु संस्कारअनुसार कुशको शव बनाई दाहसंस्कार गरिएको छ। भदौ १० गते बिहान ८:३० बजे परिवारसँग सम्पर्कपछि बेपत्ता बनेका त्रियुगा नगरपालिका- ४ का ४२ वर्षीय देवेन्द्र घिमिरेको शनिबार कुशको शव बनाएर दाहसंस्कार गरिएको हो। ‘१७ दिनसम्म पनि सुरुङभित्र वा कहीँ कतै अफ्ठ्यारोमा परेर ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम