मुख्य समाचार
प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा भएपनि सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप
प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा भएपनि सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप

: पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा भएपनि सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्।

शनिबार वीरगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजकसमेत रहेका नेपालले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका क्रममा सरकारले बेपत्ताको खोजी तथा उद्धारमा ढिलाइ गरेका कारण थप जनधनको क्षति भएको दाबी गरे।

‘देश अहिले विपत्तिमा छ। हिमाली सुनामीका कारण ठूलो जनधनको क्षति भएको छ,’ नेपालले भने, ‘खोजी कार्यमा सरकारले पर्याप्त ध्यान दिन सकेको छैन । समयमै भारत र चीन सरकारको सहयोग लिन सक्नुपथ्र्यो। त्यसैले भोटेकोशी बाढीका क्रममा सरकार धेरै ठाउँमा चुकेको छ।’

संविधानको रक्षा, संघीयता र समावेशिता जोगाउन परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताए।अहिले लोकतन्त्र, संघीयता, समावेशिता लगायतका संवैधानिक अधिकार कटौती हुने खतरा बढ्दै गएको भन्दै उनले त्यसको रक्षाका लागि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्ने बताए।

‘संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिले हामीलाई संविधान जोगाउने चिन्ता छ,’ उनले भने, ‘मुख्य कुरा संघीयता र समावेशिता जोगाउने चिन्ता हो। जनताले सुशासनको महसुस गर्न पाइरहेका छैनन्। त्यसैले परिवर्तनकारी शक्ति एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन ।’

पूर्वप्रधानमन्त्री नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकता सम्भव नरहेको स्पष्ट पार्दै मुलुकको समृद्धि र विकासका लागि सबै कम्युनिष्ट पार्टीबीच कार्यगत एकता भने आवश्यक रहेको बताए।
उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत गरे।

समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेल, नेकपा पर्साका सह–इन्चार्ज मनोज चौधरी, जिल्ला संयोजक जयप्रकाश थारु, गंगा खड्का, बाबुराम कौशिक, केन्द्रीय सदस्य किशोरी कुशवाहा लगायतकाको पनि उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको बताएका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने बताए। उनले देशमा आइपरेको ...
: मोटरसाइकलको ठक्करबाट ५ पैदलयात्रीसहित ७ जना घाइते भएका छन् । जिल्लाको मदाने गाउँपालिका–४ नातिनडाँडास्थित बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका ५ जना पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालक, पछाडि सवार व्यक्ति र अन्य ५ पैदलयात्री गरी ७ जना घाइते भएका हुन्। मोटरसाइकल मदाने गाउँपालिका–४ धारापानी बस्ने १७ वर्षीय खुमबहादुर ...
: सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आफू लखेटिएको भन्दै भ्रम फैलाइएको बताएका छन्। सामासजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले दुई जना आएर हल्ला गरेपछि आफूहरु कार्यक्रमस्थलबाट बाहिरिएको उल्लेख गरेका छन्। ‘आज सिरहा र सप्तरीमा १०० जनाभन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरैभन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो। तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि ...
: दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धलाई अस्पताल पुर्‍याउनुको सट्टा सडकमा फालेर सिटी सफारी चालक फरार भएका छन् । अस्पताल लैजाने भन्दै सिटी सफारीमा राखी अलि पर लगेर सडकमा छाडिएका ८२ वर्षीय तीर्थराज बस्नेतको केही समयपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले ...
: रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। असोज १ गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी गरिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम