मुख्य समाचार
सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको
सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको

: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने बताए।

उनले देशमा आइपरेको ठूलो प्राकृतिक विपद्को सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राखे। त्यस्तै घिसिङले जेन–जी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको, युवाहरूमा निराशा बढेको र विदेशिने दर झन् दोब्बर भएको टिप्पणी गरे।

साना कृषकलाई उपेक्षा गरी ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति ल्याइएको उनले बताए।
उनले उज्यालो नेपाल पार्टी कुनै पनि अन्य पार्टीमा विलय नहुने र कुनै दलसँग नमिसी आफ्नै मौलिक एजेन्डासहित वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने स्पष्ट पारे। आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशबाट वृहत भेला तथा गाउँ–गाउँमा संगठन र सदस्यता विस्तार अभियान सुरु गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोटरसाइकलको ठक्करबाट ५ पैदलयात्रीसहित ७ जना घाइते भएका छन् । जिल्लाको मदाने गाउँपालिका–४ नातिनडाँडास्थित बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका ५ जना पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालक, पछाडि सवार व्यक्ति र अन्य ५ पैदलयात्री गरी ७ जना घाइते भएका हुन्। मोटरसाइकल मदाने गाउँपालिका–४ धारापानी बस्ने १७ वर्षीय खुमबहादुर ...
: सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आफू लखेटिएको भन्दै भ्रम फैलाइएको बताएका छन्। सामासजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले दुई जना आएर हल्ला गरेपछि आफूहरु कार्यक्रमस्थलबाट बाहिरिएको उल्लेख गरेका छन्। ‘आज सिरहा र सप्तरीमा १०० जनाभन्दा बढी सरोकारवाला सहभागी अन्तरक्रियामा धेरैभन्दा धेरैका आवाज सुन्ने हाम्रो प्रयास थियो। तर, दुई जना व्यक्तिले आएर हल्ला गरेपछि ...
: दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धलाई अस्पताल पुर्‍याउनुको सट्टा सडकमा फालेर सिटी सफारी चालक फरार भएका छन् । अस्पताल लैजाने भन्दै सिटी सफारीमा राखी अलि पर लगेर सडकमा छाडिएका ८२ वर्षीय तीर्थराज बस्नेतको केही समयपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले ...
: पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा भएपनि सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। शनिबार वीरगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजकसमेत रहेका नेपालले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका क्रममा सरकारले बेपत्ताको खोजी तथा उद्धारमा ढिलाइ गरेका कारण थप जनधनको ...
: रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। असोज १ गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी गरिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम