मुख्य समाचार
बाणगङ्गा नदीमा आएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेका दुई बालकमध्ये एक जनाको सकुशल उद्धार
बाणगङ्गा नदीमा आएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेका दुई बालकमध्ये एक जनाको सकुशल उद्धार

। बाणगङ्गा नदीमा आएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फसेका दुई बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ । अर्का बालकलाई भने फेला पार्न सकिएको छैन ।

बाणगङ्गा नदीमा पौडी खेल्न गएका बाणगङ्गा नगरपालिका–८ का १६ वर्षीय रिदम लामा र १० वर्षीय बुद्ध लामा नदीको बहाव बढेपछि बीचको टापुमा फसेका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञबहादुर पुनको कमान्डमा उद्धार सामग्रीसहित १४ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार १६ वर्षीय रिदम लामालाई सकुशल उद्धार गरिएको छ ।

बुद्ध लामा भने उद्धार टोली घटनास्थलमा पुग्दा फेला नपरेपछि प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ । -रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कर्णाली प्रदेश सरकारले सांसदहरूका लागि स्वकीय सचिवको सुविधा पाउने व्यवस्था पुन: ब्युँताएको छ । सरकारले चालु आर्थिक वर्षको सुरुदेखि सांसदका स्वकीय सचिवको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेपछि सुविधा पुन: ब्युँतिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार नियमअनुसार सांसदका स्वकीय सचिवलाई सुविधा उपलब्ध गराउने विषयमा प्रदेश सभा सचिवालयमा पत्र पठाइसकिएको छ । ‘गत वर्षको ...
। इंग्लिस प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमा फुलहमसँग गोलरहित बराबरीमा रोकिएको छ भने चेल्सीले पछि परेको अवस्थाबाट हल सिटीसँग २–२ को बराबरी खेल्दै हार टारेको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि फुलहमको संगठित रक्षापंक्ति तोड्न सकेन । दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि खेल ०–० मै समाप्त भयो ...
। नेपाली कांग्रेसले युवा, दलित, महिला, अपाङ्गता लगायत अनिवार्य छनोट गर्ने गरी वडाबाट क्षेत्रीय प्रतिनिधि चयन गर्ने विधि बनाएको छ । एक सय ५० क्रियाशील सदस्य रहेको वडाबाट २१ जना, तीन सय रहेको वडाबाट ३० जना, चार सय ५० सदस्य रहेको वडाबाट ३९, जना, ६ सय सदस्य रहेको वडाबाट ४८ जना र ७५० भन्दा सदस्य रहेको ...
। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङका नदी किनारमा ठूलो क्षति गर्‍यो । हजारौं नागरिक अझै बेपत्ता छन् । तेह्र सय बढीको शव फेला परसकेको छ । हजारौं घर परिवार विस्थापित भएका छन् । विशेषगरी रसुवाको रसुवागढी, टिमुरे, खाल्टे लगायतका नदी आसपासका बस्ती तहसनहस भएका छन् । नुवाकोटको त्रिशूली बजार, ...
। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन प्रतिस्थापनको गृहकार्य भइरहेको जानकारी गराएका छन् । आइतबार सिंहदरबारमा ‘नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को संशोधन तथा एकीकरण (प्रतिस्थापन) विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विषयविज्ञ तथा सरोकारवाला संस्थाहरूसँगको छलफल कार्यक्रममा मन्त्री पुनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम