मुख्य समाचार
सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन
सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् ।

साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् ।

अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईको प्रस्तावमा समर्थन जनाएका हुन् । अमोडेईले सबैभन्दा उन्नत एआईको विकासमा केही समयका लागि गति घटाएर यसको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका थिए ।

अल्टम्यानले यो कुरा फर्च्युनसँगको अन्तर्वार्तामा बताएका हुन् ।

स्वतन्त्र संस्थाबाट सुरक्षा परीक्षण

अल्टम्यानले ओपनएआईले आफ्ना एआई प्रणालीको सुरक्षा जाँच स्वतन्त्र संस्थाबाट गराउने पनि बताएका छन् । त्यस्ता संस्थालाई कम्पनीका कर्मचारीलाई जस्तै आवश्यक जानकारी र पहुँच दिइने प्रतिबद्धता उनको छ ।

स्वतन्त्र जाँचकर्ताले ओपनएआईका एआई प्रणालीबाट मानिसलाई जोखिम हुन सक्छ कि सक्दैनन् र कम्पनीले जोखिम रोक्न पर्याप्त काम गरिरहेको छ कि छैन भन्ने जाँच गर्नेछन् ।

‘जीपीयू पगाल्ने’ भन्नुको अर्थ

एआई सिस्टम बनाउन र सञ्चालन गर्न जीपीयू आवश्यक पर्छ । जीपीयूले ठूलो मात्रामा सूचना प्रशोधन गर्न मद्दत गर्छन् ।

त्यसैले अल्टम्यानले ‘सबै जीपीयू पगाल्न छौँ’ भन्नुको अर्थ जोखिम धेरै बढेमा ओपनएआईले एआईकाे तीव्र विकास रोक्न आफ्नो कम्प्युटर प्रणालीसमेत बन्द गर्न तयार रहेको जनाउनु हो ।

अल्टम्यानले एआईको सुरक्षा र मानिसको हित सुनिश्चित गर्न एकपटक मात्र होइन, आवश्यक परे पटकपटक विकासको गति घटाउनुपर्ने हुन सक्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
। एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकासको गति घटाउन र त्यसको नजिकबाट निगरानी गर्न आह्वान गरेका छन् । शनिबार प्रकाशित एक लेटरमा अमोडेईले एआई विकास रोक्ने विषयमा बहस नभएको बताएका हुन् । यसबाट उत्पन्न हुन सक्ने जोखिम गम्भीर रहेकाले कम्पनी र सरकारहरूलाई त्यसको समाधानका लागि पर्याप्त समय दिनुपर्ने उनको ...
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम