मुख्य समाचार
सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन
सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् ।

साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् ।

अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईको प्रस्तावमा समर्थन जनाएका हुन् । अमोडेईले सबैभन्दा उन्नत एआईको विकासमा केही समयका लागि गति घटाएर यसको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका थिए ।

अल्टम्यानले यो कुरा फर्च्युनसँगको अन्तर्वार्तामा बताएका हुन् ।

स्वतन्त्र संस्थाबाट सुरक्षा परीक्षण

अल्टम्यानले ओपनएआईले आफ्ना एआई प्रणालीको सुरक्षा जाँच स्वतन्त्र संस्थाबाट गराउने पनि बताएका छन् । त्यस्ता संस्थालाई कम्पनीका कर्मचारीलाई जस्तै आवश्यक जानकारी र पहुँच दिइने प्रतिबद्धता उनको छ ।

स्वतन्त्र जाँचकर्ताले ओपनएआईका एआई प्रणालीबाट मानिसलाई जोखिम हुन सक्छ कि सक्दैनन् र कम्पनीले जोखिम रोक्न पर्याप्त काम गरिरहेको छ कि छैन भन्ने जाँच गर्नेछन् ।

‘जीपीयू पगाल्ने’ भन्नुको अर्थ

एआई सिस्टम बनाउन र सञ्चालन गर्न जीपीयू आवश्यक पर्छ । जीपीयूले ठूलो मात्रामा सूचना प्रशोधन गर्न मद्दत गर्छन् ।

त्यसैले अल्टम्यानले ‘सबै जीपीयू पगाल्न छौँ’ भन्नुको अर्थ जोखिम धेरै बढेमा ओपनएआईले एआईकाे तीव्र विकास रोक्न आफ्नो कम्प्युटर प्रणालीसमेत बन्द गर्न तयार रहेको जनाउनु हो ।

अल्टम्यानले एआईको सुरक्षा र मानिसको हित सुनिश्चित गर्न एकपटक मात्र होइन, आवश्यक परे पटकपटक विकासको गति घटाउनुपर्ने हुन सक्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईएसपीएएन) ले अब सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नगराउने घोषणा गरेको छ । संघ अध्यक्ष सुधीर पराजुलीका नामबाट आइतबार जारी विज्ञप्ति अनुसार इन्टरनेट सेवा प्रदायकले १९ असोज सोमबारदेखि लागु हुने गरी सुपथ मूल्य र कम स्पिडका इन्टनेट प्याकेज उपलब्ध नगराइने उल्लेख छ । विगतका वर्षहरूका मूल्यवृद्धि, मध्यपूर्वको ...
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...