मुख्य समाचार
नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात
नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात

। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो ।

इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता शिशिर सुवेदीले जानकारी दिए ।

नेपालमा मासिक करिब ४७ हजार मेट्रिकटन ग्यास खपत हुँदैआएको छ । हाल पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरको पहिरोका कारण मुख्य सडक अवरुद्ध भएकाले वैकल्पिक व्यवस्थामार्फत तराईका उद्योगमा ग्यास रिफिल गरी काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा वितरण भइरहेको छ ।

यही भदौ १८ गतेदेखि २७ गतेसम्ममा वैकल्पिक मार्गहरू त्रिभुवन राजपथ तथा बीपी राजमार्ग हुँदै ल्याइएका करिब तीन लाख ९९ हजार ५२९ वटा सिलिन्डर उपभोक्तालाई वितरण भइसकेको सहप्रवक्ता सुवेदीले जानकारी दिए ।



पछिल्लो १० दिनमा दैनिक औसत ४० हजार सिलिन्डर ग्यास उपत्यकामा बिक्री वितरण भइरहेको छ । अवरुद्ध राजमार्ग सञ्चालनमा नआएसम्म तराईका उद्योगमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याएर बिक्री गरिने निगमले जनाएको छ ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही भदौ १४ गतेदेखि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिन्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर बैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ ।

बाटो सञ्चालनमा आएलगत्तै सोही रुटबाट एलपी ग्यासका बुलेटहरू नियमित रूपमा आउने छन् । काठमाडौंमा वितरण गर्ने उद्योगले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी वजारमा पठाउन थालेपछि ग्यासको आपूर्ति सहज हुने विश्वास गरिएको छ ।

आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय टोली गठन गरिएको निगमले जनाएको छ । सरकारले ग्यास भरिएका सिलिन्डर लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्नेविरुद्धको कारबाहीलाई तीव्र बनाएको निगमले जनाएको छ ।

गत वर्षको तुलनामा ग्यासको आयात र बिक्री वृद्धि

गत वर्षको तुलनामा चालु आवको पहिलो दुई महिनामा ग्यासको आयात र बिक्री बढेको छ । गतवर्ष साउन र भदौको तुलनामा चालु आवको सोही अवधिमा करिब १२ लाख बढी सिलिन्डरको बजारीकरण भएको छ ।

२०८२ साउनमा ३१ लाख २१ हजार ४८ सिलिन्डर ग्यास बिक्री भएकामा चालु आवको सोही अवधिमा ४० लाख ३६ हजार ३६४ ग्यास सिलिन्डर बिक्री भएको छ ।

यस्तै गत वर्ष भदौमा ३३ लाख ५५ हजार ९६० सिलिण्डर ग्यास बिक्री भएकामा चालु आवको भदौको २७ गतेसम्म ३७ लाख १३ हजार ८९४ सिलिन्डर ग्यास बजारमा पठाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरोकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो । सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई दुई लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ । यस्तै, महिला उद्यमी समूहलाई तीन लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ । महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोगसहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने ...
। भदौ १० मा आएको रसुवा बाढीका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको अनुमान छ । बैंकले बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धि ३.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको हो । विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनअनुसार, पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि सुरु हुँदा आर्थिक क्रियाकलापमा टेवा पुग्ने अनुमान गरिएको छ ...
। नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थप गरेको छ । विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेका तर निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्यांकन गरी प्राधिकरणले आरसीओडी थप गरेको हो । प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीए अनुसार प्रवर्द्धकले पूरा गर्नुपर्ने ...
। सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । उक्त प्रयोजनका लागि अर्थ मन्त्रालयले छनोट सम्बन्धी कार्यविधि बनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत वैकल्पिक विकास वित्त कोष कार्यान्वयन घोषणा गरेको थियो । सोही अनुसार वैकल्पिक विकास वित्त परिचालन ऐन २०८३ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको ...