मुख्य समाचार
नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात
नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात

। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो ।

इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता शिशिर सुवेदीले जानकारी दिए ।

नेपालमा मासिक करिब ४७ हजार मेट्रिकटन ग्यास खपत हुँदैआएको छ । हाल पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरको पहिरोका कारण मुख्य सडक अवरुद्ध भएकाले वैकल्पिक व्यवस्थामार्फत तराईका उद्योगमा ग्यास रिफिल गरी काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा वितरण भइरहेको छ ।

यही भदौ १८ गतेदेखि २७ गतेसम्ममा वैकल्पिक मार्गहरू त्रिभुवन राजपथ तथा बीपी राजमार्ग हुँदै ल्याइएका करिब तीन लाख ९९ हजार ५२९ वटा सिलिन्डर उपभोक्तालाई वितरण भइसकेको सहप्रवक्ता सुवेदीले जानकारी दिए ।



पछिल्लो १० दिनमा दैनिक औसत ४० हजार सिलिन्डर ग्यास उपत्यकामा बिक्री वितरण भइरहेको छ । अवरुद्ध राजमार्ग सञ्चालनमा नआएसम्म तराईका उद्योगमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याएर बिक्री गरिने निगमले जनाएको छ ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही भदौ १४ गतेदेखि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिन्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर बैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ ।

बाटो सञ्चालनमा आएलगत्तै सोही रुटबाट एलपी ग्यासका बुलेटहरू नियमित रूपमा आउने छन् । काठमाडौंमा वितरण गर्ने उद्योगले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी वजारमा पठाउन थालेपछि ग्यासको आपूर्ति सहज हुने विश्वास गरिएको छ ।

आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय टोली गठन गरिएको निगमले जनाएको छ । सरकारले ग्यास भरिएका सिलिन्डर लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्नेविरुद्धको कारबाहीलाई तीव्र बनाएको निगमले जनाएको छ ।

गत वर्षको तुलनामा ग्यासको आयात र बिक्री वृद्धि

गत वर्षको तुलनामा चालु आवको पहिलो दुई महिनामा ग्यासको आयात र बिक्री बढेको छ । गतवर्ष साउन र भदौको तुलनामा चालु आवको सोही अवधिमा करिब १२ लाख बढी सिलिन्डरको बजारीकरण भएको छ ।

२०८२ साउनमा ३१ लाख २१ हजार ४८ सिलिन्डर ग्यास बिक्री भएकामा चालु आवको सोही अवधिमा ४० लाख ३६ हजार ३६४ ग्यास सिलिन्डर बिक्री भएको छ ।

यस्तै गत वर्ष भदौमा ३३ लाख ५५ हजार ९६० सिलिण्डर ग्यास बिक्री भएकामा चालु आवको भदौको २७ गतेसम्म ३७ लाख १३ हजार ८९४ सिलिन्डर ग्यास बजारमा पठाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
। रसुवागढी र तातोपानी नाका बन्द भएपछि नेपाल–चीन उत्तरी कोरला नाकाबाट चिनियाँ मालवस्तु पैठारी बढिरहेको छ । कोरला नाकाबाट भित्रिएका कन्टेनर र मालवस्तु पैठारी गर्न पुगेका सयौं कन्टेनरहरू मुस्ताङ भन्सार कार्यालय बाहिरको करिब तीन किलोमिटर सडकमा पार्किङमा राखिएको छ । कोरला नाकास्थित मुस्ताङ भन्सारले दैनिक १०० भन्दा बढी कन्टेनरहरूको जाँच गरिरहेको छ । रसुवा र तातापानी नाकाको ...
: पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट विभिन्न कम्पनीका सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन्। निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८,बुधबार ५३ हजार ४६९, बिहीबार ...
। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछिको अवस्था, बजारमा भएको मूल्यवृद्धि र उपभोक्ता हितका विषयमा गम्भीर ध्यानआकर्षण भएको बताएका छन् । उनले समितिको बैठकमा यस्तो बताएका हुन् । भारतले निर्यात रोकेपछि सुरुमा पर्याप्त मौज्दात रहेको र मूल्य नबढ्ने प्रतिबद्धता आए पनि केही महिनाभित्रै चीनीको मूल्य अत्यधिक बढेको ...
: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी कुल रु. ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २ सय ६१ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्मको तथ्यांकअनुसार उक्त रकम संकलन भएको हो। कार्यालयका अनुसार हाल ९ वटा वाणिज्य बैंकमा रु. ८ अर्ब ५९ करोड १९ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम