मुख्य समाचार
संस्थापनको निर्णयबारे देउवा पक्षले भन्यो- अर्थहीन निर्णय
संस्थापनको निर्णयबारे देउवा पक्षले भन्यो- अर्थहीन निर्णय

। नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट आएको शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ ।

आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका, तर विशेष महाधिवेशनपछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्नेगरी सैद्धान्तिक निर्णय गरेको हो ।

पार्टी संस्थापनको यो निर्णयपछि इतर समूहमा केही नेताले यसको स्वागत गरिरहेका छन् । मूलत: पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट भनेर चिनिने केही नेताहरू संस्थापन पक्षले आयोजना गर्न गइरहेको महाधिवेशनमा सहभागी हुन तयार देखिएपछि आज कार्यसम्पादन समितिको बैठक बसेर यस्तो निर्णय लिएको हो ।

ती नेताहरूले पार्टीको यो निर्णयलाई स्वागत गरिरहेका छन् ।



तर, पूर्वसभापति देउवानिकट रहेका नेताले भने पार्टीको उक्त निर्णयको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् ।

देउवा पक्षीय नेता एनपी साउदले पार्टीको कार्यसम्पादन समितिले लिएको निर्णय पार्टीभित्रको विवादको अन्तर्वस्तु नै नरहेकाले त्यसको अर्थ नभएको टिप्पणी गरे ।

‘त्यो निर्णयले पार्टीभित्रको विवादको अन्तर्वस्तुबारे कुनै समाधान दिँदैन,’ उनले भने, ‘विवादको मूल विषय १५ औं महाधिवेशन कसले गर्ने भन्ने हो । १४ औं महाधिवेशनबाट निर्वाचित समितिले गर्ने कि, विशेष महाधिवेशनको समिति गर्ने भन्ने हो । यो प्रश्न कानुनी, राजनीतिक र सैद्धान्तिक प्रश्न हो । त्यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।’

त्यसको उत्तर केन्द्रीय समितिको वैधतासँग जोडिएको उनले बताए । ‘यो गम्भीर कानुनी विषय हो । त्यही भएकाले हामी सर्वोच्च अदालतमा पुनरवलोकनमा गएका हौं,’ उनले भने ।

पार्टीभित्र अहिलेको विवाद केही थान नेतालाई अदला–बदली गर्दैमा, वा केही थान नेतालाई जिम्मेवारी दिँदैमा समाधान नहुने पनि उनले बताए । ‘उहाँहरूले त्यो निर्णय राजनीतिक रूपमा पनि स्वीकार्ने कुरा होइन । जिम्मेवारी दिने हो भने ६ महिना अगाडि हामी किन केन्द्रीय सदस्य भएनौं ? अनि अहिले अधिवेशनमा दुई–चार दिन अगाडि किन हुनुपर्‍यो ?,’ नेता साउदले प्रश्न गर्दै भने, ‘यो केही व्यक्तिलाई लैजान मात्रै गरिएको कुरा हो । यो नैतिकतासँग पनि जोडिएको विषय भएकाले स्वीकार्ने कुरा होइन ।’

केही मान्छे यताउता आउने–जाने क्रम चलिरहने पनि उनले बताए । यस विषयमा आफ्नो पक्षले बैठक बसेर आवश्यक निर्णय लिने नेता साउदले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कुनै समय व्यस्त रहने रुकुम पश्चिमको चौरजहारी विमानस्थल अहिले सुनसान छ। धावनमार्ग आसपास विमानको आवाज आउँदैन । विमास्थलमा घाँस र झारपात उम्रिएका छन्। विमानस्थल परिसरमा रुख-बिरुवा हुर्किएका छन् भने उडानका लागि प्रयोग हुने उपकरणहरू धुलो र खियाले खिइएका छन् । रुकुम पश्चिमसँगै जाजरकोट र सल्यानका नागरिकलाई लक्षित गरेर निर्माण गरिएको चौरजहारी विमानस्थल लामो समयदेखि हवाई ...
: पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि आज ४ वटा दर्शन मार्गको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तीजका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारैढोका खोलिएको हो। हरितालिका पर्वका अवसरमा सोमबार पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको लाम लाग्ने गर्छ। पहिलो लाम मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट ...
। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भोटेकोशी विपद्का कारण अभिभावक गुमाएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिने बताएकी छन् । राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री वादीले भोटेकोशी बाढीबाट धेरै परिवार प्रभावित भएको र कतिपय बालबालिकाले आफ्ना प्रियजन गुमाउनुका साथै ...
। सुनजस्तो पहेँलो धातु देखाई एक करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट परिचालन भएको टोलीले पक्राउ गरेको हो । टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेस्ट हाउसबाट थापालाई शनिबार पक्राउ गरिएको हो । पक्राउ परेका थापा जबरजस्ती करणी कसुरमा कैद सजाय पाएर ...
। नेकपा (एमाले)की सांसद रामकुमारी झांक्रीले संक्रामक पशु तथा पशुजन्य उत्पादनको ओसारपसारमा क्वारेन्टाइनको व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छिन् । साथै, उनले संक्रामक रोग बोकेका पशु ओसारपसार गर्नेलाई दण्डित गर्ने व्यवस्था विधेयकमा राख्न समेत माग गरिन् । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा विधेयकमाथि छलफल भएको छलफलमा उनले महामारीको अवस्थामा किसानलाई क्षतिपूर्ति दिने व्यवस्था आवश्यक भएपनि हरेक अवस्थामा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम