मुख्य समाचार
युक्रेनमा पोल्यान्ड सीमानजिकै याहोदिन क्षेत्रमा एउटा यात्रुवाहक रेललाई रुसी ड्रोनले निशाना
युक्रेनमा पोल्यान्ड सीमानजिकै याहोदिन क्षेत्रमा एउटा यात्रुवाहक रेललाई रुसी ड्रोनले निशाना

। युक्रेनमा पोल्यान्ड सीमानजिकै याहोदिन क्षेत्रमा एउटा यात्रुवाहक रेललाई रुसी ड्रोनले निशाना बनाएको छ। आक्रमणबाट रेलको इन्जिनमा क्षति पुगेको छ। यद्यपि, घटनामा कोही हताहत भएको खबर छैन।

बीबीसीका अनुसार, बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन र युरोपका शीर्ष सुरक्षा अधिकारीहरूको टोली चढेको अर्को रेल आक्रमण हुनुभन्दा केही समयअघि मात्रै यही रेलमार्ग भएर गएको थियो ।

युक्रेनी अधिकारीहरूका अनुसार, यो आक्रमण याहोदिनमा भएको हो, जुन पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटर मात्र टाढा अवस्थित छ।

बोरिस जोनसनसँगै युरोपेली देशहरूका कैयौँ राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि यही रेलमार्ग भएर गएका थिए। जसमा बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल पनि सहभागी थिए। सबै अधिकारीहरू किभमा आयोजित एक सम्मेलनमा भाग लिएर फर्किरहेका थिए।

रुसले पनि यस आक्रमणको पुष्टि गरेको छ। रुसी पक्षका अनुसार, पश्चिमी युक्रेनमा रेलवेको पूर्वाधारलाई निशाना बनाएर आक्रमण गरिएको हो।

यद्यपि, युक्रेनको सरकारी रेलवे कम्पनीले ड्रोनको वास्तविक निशाना कूटनीतिज्ञहरू सवार रेल नै हुन सक्ने आशङ्का व्यक्त गरेको छ।

रेलवे कम्पनीका अनुसार, समयतालिकामा गरिएको हेरफेरका कारण कूटनीतिज्ञहरू सवार उक्त रेल निर्धारित समयभन्दा अगावै स्टेसनबाट छुटेको थियो। रुसको तर्फबाट लगातार भइरहेका हवाई आक्रमणको खतरालाई मध्यनजर गर्दै रेलको समय परिवर्तन गरिएको थियो।

कम्पनीले बताएअनुसार, जुन रेलमा ड्रोन आक्रमण भयो, त्यसमा सवार यात्रुहरूलाई रेलबाट बाहिर निकाल्न आक्रमण हुनुभन्दा १५ मिनेटअघि मात्रै आदेश दिइएको थियो। त्यसलगत्तै रुसी जेट-प्रोपेल्ड ड्रोनले रेलको इन्जिनलाई निशाना बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ओमानको तट नजिकै व्यावसायिक जहाज ‘एमटी एल गाइया’माथि हमला भएको छ । १४ जना भारतीय चालक दलका सदस्य सवार जहाजमा आइतबार हमला भएको हो । हमलामा परेका मध्ये १३ जनालाई सुरक्षित उद्धार गरिएको र एक जना भारतीय नागरिकको अवस्था अज्ञात रहेको बीबीसीले जनाएको छ । भारतको विदेश मन्त्रालयले जहाजमाथि भएको हमलाको निन्दा गर्दै बेपत्ता भारतीय नागरिकको खोजी ...
। नयाँदिल्लीमा भएको १८औं ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरान, रुस, चीन, इजिप्ट, इन्डोनेसिया र कजाखस्तानका विदेशमन्त्रीहरूले समूहगत बैठक गरेका छन् । सोमबार भएको बैठकमा क्षेत्रीय तथा विश्वव्यापी मुद्दाका साथै आपसी हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो । बैठकमा सहभागी देशहरूले अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्न, बहुपक्षीय कूटनीतिलाई सुदृढ बनाउन तथा क्षेत्र र विश्वसामु रहेका चुनौती सामना गर्न ...
। सन् १९८० को दशकमा जन्मिएका इरानीहरूले आफूलाई प्राय: ‘जलेको पुस्ता’ अर्थात् ‘बर्न्ड जेनेरेसन’ मान्छन् । उनीहरूको जीवन सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि देखिएको राजनीतिक र आर्थिक उथलपुथलको समयमा बित्यो । सन् १९७९ मा इरानी इस्लामिक कार्यकर्ताहरूले अमेरिकी कूटनीतिज्ञलगायतलाई ४४४ दिनसम्म बन्धक बनाएको ‘अमेरिकी दूतावास बन्धक’ संकटले त्यसपछिको दशकको अवस्थाको संकेत दिएको थियो । त्यसपछि सन् ...
। अस्ट्रेलियामा एकभन्दा बढी रोजगारी गर्ने मानिसको संख्याले नयाँ रेकर्ड कायम गरेको छ भने विदेशी पर्यटकको आवागमन पनि विस्तारै लयमा फर्किन थालेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको पछिल्लो आधिकारिक तथ्यांकअनुसार जुन २०२६ सम्ममा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख पुगेको छ। यसैगरी, जुलाई महिनामा ७ लाख १० हजारभन्दा बढी विदेशी आगन्तुक अस्ट्रेलिया पुगेका छन्। बहु–रोजगारीमा ...
। ब्रिक्स देशहरूको शिखर सम्मेलनले मध्यपूर्वमा प्यालेस्टाइनको समर्थन गरेको छ । नयाँ दिल्लीमा सुरु भएको शिखर सम्मेलनको घोषणापत्रमा इजरायल–प्यालेस्टाइन द्वन्द्वको न्यायपूर्ण र दीर्घकालीन समाधान शान्तिपूर्ण माध्यमबाट मात्रै सम्भव रहेको उल्लेख छ । ब्रिक्स देशहरूले दुई–राज्य(इजरायल र प्यालेस्टाइन) समाधानको समर्थन गरेका छन् । यसअन्तर्गत सन् १९६७ मा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सीमाभित्र सार्वभौम र स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापना ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम