मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर फर्किँदै गरेका किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ
प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर फर्किँदै गरेका किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ

: प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर फर्किँदै गरेका किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। उनी सिंहदरवारको गेटबाटै पक्राउ परेका हुन्।

वाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ सोमबार प्रधानमन्त्री शाहले बोलाएको बैठकमा सहभागी थिए। प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका थिए। सोही छलफलपछि फर्किँदै गरेका अध्यक्ष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बैंकिङ कसूरसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवामा विनाशकारी बाढी गएको भोलिपल्टै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गरे। भदौ १० गते विनाशकारी बाढी गएपछि भोलिपल्टै रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जसपा र ...
: भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीका कारण नुवाकोटका चार स्थानीय तह प्रभावित भएको छ। विदुर र बेलकोटगढी नगरपालिका र किस्पाङ, तारकेश्वर गापा प्रभावित भएको छ। भोटेकोशी हुँदै त्रिशूली नदीमा यही भदौ १० गते बुधबार आएको प्रलयकारी बाढीले नुवाकोटमा हालसम्म २ सय २ वटा शव संकलन गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। जसमध्ये पहिचान ...
: भोजपुरमा खाना पकाउने एलपी ग्यासको चरम अभाव हुँदै गएको छ। बजारमा मागअनुसार ग्यासको आपूर्ति हुन नसक्दा उपभोक्ताले सास्ती खेप्नु परिरहेको छ। ग्यास अभावले सदरमुकाम भोजपुर बजार क्षेत्रका कतिपय उपभोक्ता खाना पकाउन दाउरा र कोइलाको सहारा लिन बाध्य भएका छन्। विशेषगरी जिल्लाको सदरमुकाम भोजपुर बजार क्षेत्रमा ग्यासको समस्या बढी देखिएको छ। नियमित रूपमा ग्यास उपलब्ध नहुँदा ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढाउने निर्णय गरेको छ। सोमबार निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा बसेको समूहको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष निकालेको हो। यसअघि संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा भाग ...
: भदौ १० गते आएको बाढीका कारण डुबानमा परी क्षतिग्रस्त बनेको धादिङको जहरे सबस्टेसन मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको छ। जहरेखेतस्थित सबस्टेसनमा बाढीको लेदोसहित करिब १० फिटसम्म पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा ठूलो क्षति पुगेको थियो। क्षतिपछि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक जनशक्ति, उपकरण तथा आवश्यक सामग्री परिचालन गरी मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको थियो। सबस्टेसन सञ्चालनमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम