। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिदीबहिनी तथा आमाहरूलाई संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ तिज पर्व मनाउन आग्रह गरेका छन् ।
हरितालिका तिज पर्वको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘आज हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तिज । यस वर्ष भोटेकोशीमा आएको प्रलयकारी बाढीले ठूलो जनधनको क्षति र विनाश निम्त्याएको दुःखद घडीमा विगतका वर्ष झैँ उल्लासका साथ तीज मनाउने अवस्था छैन । त्यसैले सम्पूर्ण दिदीबहिनी तथा आमाहरूलाई संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ तिज मनाउन हार्दिक आग्रह गर्दछु ।’
दुःखमा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै पीडितको उद्धार, राहत र पुनर्स्थापनामा आ–आफ्नो ठाउँबाट सहयोग गर्न उनले आग्रह गरेका छन् ।
संयोजक प्रचण्डले संवेदना र संयमलाई राष्ट्रिय एकताको शक्तिमा बदल्न समेत आग्रह गरेको छन् ।