मुख्य समाचार
एसिया कपमा पुग्नु नेपाली क्रिकेटका लागि गौरवको विषय भएको भन्दै यसलाई आगामी यात्राको ठूलो अवसरका रूपमा लिनुपर्ने
एसिया कपमा पुग्नु नेपाली क्रिकेटका लागि गौरवको विषय भएको भन्दै यसलाई आगामी यात्राको ठूलो अवसरका रूपमा लिनुपर्ने

। एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोली आइतबार राति स्वदेश फर्कियो ।

टोलीको स्वागतका क्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एसिया कपमा पुग्नु नेपाली क्रिकेटका लागि गौरवको विषय भएको भन्दै यसलाई आगामी यात्राको ठूलो अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

पारसले नेपाली टोलीले प्रतियोगिताभर उत्कृष्ट क्रिकेट खेलेको उल्लेख गर्दै भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग फेरि प्रतिस्पर्धा गर्ने अवसर मिल्नु ठूलो उपलब्धि भएको बताए ।

‘हामी फेरि एसिया कपमा छौं भन्ने कुरामा निकै गर्व छ । टिमले राम्रो क्रिकेट खेल्यो । भारत र पाकिस्तानसँग खेलेको पछिल्लो अनुभवलाई हेर्दा यो फेरि एउटा उत्कृष्ट अवसर हो। आशा छ, यसपटक अझ राम्रो प्रदर्शन गर्नेछौं’ उनले भने।



उनले प्रिमियर कपको समूह चरणमा हङकङसँगको एक हारबाहेक नेपालले समग्रमा उत्कृष्ट प्रदर्शन गरेको पनि बताए ।

‘क्रिकेट टिम स्पोर्ट हो । जितेपछि सबै राम्रो देखिन्छ, हार्दा आलोचना पनि स्वाभाविक हुन्छ । तर समग्रमा हाम्रो टोली सही दिशामा अघि बढिरहेको छ । अहिले ओडीआई संरचनामा केही सुधार गर्नुपर्ने पक्ष छन्, तर यो प्रतियोगिताको सकारात्मक पक्षबारे नै कुरा गर्नुपर्छ ।’

पारसका अनुसार मलेसियामा उपाधि जित्नु केवल एसिया कपको टिकटमात्र होइन, एसोसियट क्रिकेटमा नेपालको स्तर प्रमाणित गर्ने उपलब्धि पनि हो।

‘नेपालभन्दा बाहिर गएर एसीसीको प्रतियोगिता जित्नु आफैंमा ठूलो उपलब्धि हो । एसियामा प्रतिस्पर्धा सजिलो छैन, तर टिमले उत्कृष्ट प्रदर्शन गर्दै फेरि उपाधि जित्यो । देशले पछिल्ला केही सातादेखि भोगिरहेको कठिन परिस्थितिबीच यो जितले नेपालीलाई केही खुसी दिएको छ’ उनले भने ।

उनले क्रिकेटमार्फत राष्ट्रलाई एकताबद्ध गर्ने अभियानमा क्यान निरन्तर लागिरहेको पनि बताए ।

एसिया कपमा छनोटपछि नेपाली टोलीको आगामी सात–आठ महिनाको तालिका व्यस्त रहने पारसले जानकारी दिए । उनका अनुसार टोलीको ध्यान अब एसियाली खेलकुद, नेपाल प्रिमियर लिग (एनपीएल), आईसीसी क्रिकेट विश्वकप लिग–२ तथा विभिन्न द्विपक्षीय शृङ्खलातर्फ केन्द्रित हुनेछ ।

‘हाम्रो अर्को बर्खासम्मकै तालिका लगभग तय भइसकेको छ । अब एसियाली खेलकुदमा पदक जित्ने अवसर छ । त्यसपछि एनपीएल, ओडीआई क्रिकेट र द्विपक्षीय शृङ्खलाका लागि पनि पहल गरिरहेका छौं । प्रतियोगिताअनुसार सबै जानकारी सार्वजनिक गर्दै जानेछौं’ खड्काले भनेका छन् ।

नेपालले एसीसी प्रिमियर कप जित्दै दोस्रो पटक एसिया कपमा स्थान सुरक्षित गरेको हो । यसअघि सन् २०२३ मा पनि प्रिमियर कपको उपाधि जितेर नेपालले एसिया कप खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले मलेसिया जानेबेला गरेको वाचा पूरा गरेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मलेसियामा पुगेका नेपाली समर्थक तथा देशभरबाट साथ दिएका समर्थकलाई पनि धन्यवाद व्यक्त गरे । ‘हामी जाँदा एउटा वाचा गरेका थियौं- ट्रफी लिएर नेपाल फर्किने ...
। इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा स्लो ओभर रेट कायम गरेको भन्दै पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दोहोरो सजाय दिएको छ । आईसीसीका अनुसार बर्मिङ्घमको एजबास्टन टेस्टमा पाकिस्तान निर्धारित समयभन्दा ११ ओभर पछाडि परेको थियो । त्यसपछि खेलाडीको म्याच फीको ५० प्रतिशत जरिवाना लगाउनुका साथै विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को ११ अंक पनि कटौती गरिएको ...
। आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा एर्लिङ हालान्डको विजयी गोललाई मान्यता दिने निर्णय गलत भएको भन्दै प्रिमियर लिग रेफ्री निकाय ‘प्रो रेफ’ ले गल्ती स्वीकार गरेको छ । ओल्ड ट्राफर्डमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको खेलमा हालान्डले ६०औं मिनेटमा गरेको गोल सुरुमा अफसाइडका कारण अस्वीकार गरिएको थियो । तर भिडियो सहायक रेफ्री (भीएआर) को ...
। लामिन यमालको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्टेलाई ४–२ ले पराजित गर्दै लगातार पाँचौं जित निकालेको छ । भ्यालेन्सियामा भएको खेलमा बार्सिलोनाले पाँचौं मिनेटमै जाभी एस्पार्टको गोलबाट अग्रता लिएको थियो । त्यसपछि यमालले १९औं मिनेटमा अर्को गोल थपेपछि पहिलो हाफ २–० ले बार्सिलोनाको पक्षमा सकिएको थियो । दोस्रो हाफको ४८औं मिनेटमा यमालले पेनाल्टीमार्फत व्यक्तिगत ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर सिटीले जित हासिल गरेको छ । पहिलो हाफको २३औं मिनेटदेखि नै १० खेलाडीमा सीमित रहेको सिटीले म्यान्चेस्टर युनाइटेडलाई १-० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा एर्लिङ हालान्डले गरेको गोल निर्णायक बन्यो । हालान्डले ६०औं मिनेटमा जोस्को भार्डियलको पासमा गोल गरेका थिए । उक्त गोललाई सुरुमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम