मुख्य समाचार
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीका कारण नुवाकोटका चार स्थानीय तह प्रभावित
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीका कारण नुवाकोटका चार स्थानीय तह प्रभावित

: भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीका कारण नुवाकोटका चार स्थानीय तह प्रभावित भएको छ। विदुर र बेलकोटगढी नगरपालिका र किस्पाङ, तारकेश्वर गापा प्रभावित भएको छ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा यही भदौ १० गते बुधबार आएको प्रलयकारी बाढीले नुवाकोटमा हालसम्म २ सय २ वटा शव संकलन गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। जसमध्ये पहिचान भएका ३७ वटा शव सम्बन्धित परिवारको जिम्मा लगाइएको छ। भोटेकोशी बाढीपछिको नुवाकोटको पछिल्लो अवस्थाको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाढीमा परेर स्वदेशी र विदेशी गरि २ हजार ६ सय ९५ जना अझै बेपत्ता रहेका छन्। जसमध्ये विदेशी महिला १ सय ५४ जना, विदेशी पुरुष १ सय २० जना तथा बाँकी सबै नेपाली रहेका छन्।

भोटेकोशी हुँदै त्रिशूली नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीपछि नुवाकोटमा भएको क्षतिको अवस्था, खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन, सडक, पुल, तुइन, खानेपानीलगायतका पूर्वाधारको पुनर्उत्थान तथा पुनर्निर्माणको अवस्था सार्वजनिक भएको छ। आइतबारसम्म विभिन्न स्थानमा कायम गरिएका २२ वटा आश्रित केन्द्रहरूमा ७ सय ३९ जना महिलासहित १ हजार ६ सय १३ जना बसोबास गरिरहेका छन्।

काठ तथा बाँसको फड्के निर्माण
भोटेकोशी हुँदै त्रिशूली नदीमा यही भदौ १० गते बुधबार आएको प्रलयकारी बाढीले नुवाकोट र रसुवाको सिमाना वेत्रवतीमा रहेको दुईवटा पक्की पुल एकैपटक बगाएपछि काठ र बाँसको फड्के निर्माण गरिएको छ। जसले गर्दा पैदल आवतजावतमा सुविधा पुगेको छ। स्थानीयवासीको पहलमा नुवाकोट र रसुवा जोड्न वेत्रावतीमा आइतबार बेलुकीदेखि फड्के सञ्चालनमा ल्याइएको हो। बाढीका कारण पुल बगेर आवागमन ठप्प भएपछि स्थानीय बासिन्दाको सक्रियतामा विदुर नगरपालिका १० र उत्तरगया गापा ५ जोड्ने वेत्रावतीमा फड्के निर्माण गरी सञ्चालनमा ल्याइएको हो।

फड्के सञ्चालनमा आएपछि नुवाकोट–रसुवा आवतजावतमा सहजता भएको छ। स्थानीयवासी, सेना, प्रहरी तथा सरोकारवालाको सहभागितामा आवतजावतकै लागि भए पनि अस्थायी रूपमा काठ र बाँसको प्रयोग गरी फड्के निर्माण गरिएको हो। उक्त फड्के निर्माणसँगै मानिस तथा राहत सामग्रीहरू बोकेर लैजान सुविधा पुगेको छ। यसैबीच, ऐतिहासिक बेत्रावतीमा बेलिब्रिज निर्माण गरिने भएको छ।

नुवाकोट र रसुवा जोड्नको लागि बेत्रावतीमा ७० मिटर लामो बेलिब्रिज निर्माण गरिने भएको छ। त्यसको आवश्यक निर्माणसामग्री भारतले उपलब्ध गराउने भएको छ। भारतीय पक्षले बेलिब्रिज निर्माणका सामग्रीहरू हस्तान्तरण गरेको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले वेत्रावतीमा बेलिब्रिज निर्माणका लागि भारतबाट ल्याइएका पाटपुर्जाको पहिलो खेप सडक डिभिजनलाई हस्तान्तरण गरे। बेलिब्रिज निर्माण सम्पन्न भएपछि बाढीका कारण प्रभावित बनेको बेत्रावतीमा यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ। वीरगन्ज–गल्छी–देवीघाट–बेत्रावती–रसुवागढी त्रिदेशीय सडकमार्गको रूपमा विकसित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा राज्यका सबै निकाय क्रियाशील भएको उल्लेख गर्दै राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुन नदिने ...
। कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले २०८३ साउन २९ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको निर्णयसँगै प्रदेशसभाको चालु अधिवेशन अन्त्य ...
: नेपाल आयल निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्रै एलपी ग्यास खरिद गर्न र अतिरिक्त सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ। निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एलपी ग्यासको आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेको स्पष्ट पारेको हो। निगमका अनुसार भदौ २८ गतेसम्म नेपालमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको छ, जुन ३७ लाख १३ ...
: नेपाली कांग्रेसका सभापति गगन थापाले सांस्कृतिक परम्पराले नेपाली समाजलाई जोड्ने साझा आधार निर्माण गरेको बताएका छन्। तीजको शुभकामना दिँदै उनले नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक भएको बताएका हुन्। उनले भने,‘यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ। हाम्रा चाडपर्व केवल उत्सवका अवसर मात्र होइनन्, तिनले पुस्तौंदेखि हाम्रो सामाजिक ...
। संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा सोमबारको बैठकमा सांसदहरूले यस्तो जोड दिएका हुन् । आजको बैठकमा ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि दफावार छलफल थियो । छलफलका क्रममा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले किसानका लागि क्षतिपूर्ति सुनिश्चित गर्न छुट्टै कोष ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम