मुख्य समाचार
कप्तान सन्दीप लामिछानेले मलेसिया जानेबेला गरेको वाचा पूरा गरेको बताए
कप्तान सन्दीप लामिछानेले मलेसिया जानेबेला गरेको वाचा पूरा गरेको बताए

। एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले मलेसिया जानेबेला गरेको वाचा पूरा गरेको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मलेसियामा पुगेका नेपाली समर्थक तथा देशभरबाट साथ दिएका समर्थकलाई पनि धन्यवाद व्यक्त गरे । ‘हामी जाँदा एउटा वाचा गरेका थियौं- ट्रफी लिएर नेपाल फर्किने । आज त्यो वाचा पूरा गर्न सफल भएका छौं । यो सबै नेपाली समर्थकको माया र साथको परिणाम हो’ उनले भने ।

सन्दीपले जित बाढीबाट पीडित सम्पूर्ण नेपालीलाई समर्पित समेत गरे । उनले कठिन समयबीच क्रिकेटले देशमा केही खुसी ल्याउन सकेको बताए ।

‘हामी सबै खुसी छौं । देश दुःखमा रहेको बेला क्रिकेटमार्फत भए पनि नेपालीलाई केही खुसी दिन सक्यौं भन्ने लाग्छ’ सन्दीपले भने, ‘यो उपाधि र यो उपलब्धि बाढीबाट ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जलीस्वरूप समर्पित छ ।’



सन्दीपले समूह चरणमा हङकङसँगको हारलाई अपवाद मान्दै प्रतियोगिताभर नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताए ।

ओमानविरुद्ध १४७ रन जोगाएको खेल स्मरण गर्दै उनले त्यो स्कोर नेपालको वास्तविक क्षमता नभए पनि टोलीको सामूहिक प्रयासले जित निकाल्न सम्भव भएको बताए ।

‘हामीले बेसिक क्रिकेटमा फोकस गर्‍यौं । ओमानसँगको सेमिफाइनलमा त एउटा बल, एउटा क्षणलाई अन्तिम खेल जस्तो मानेर खेल्ने सोच थियो’ उनले भने, ‘प्रत्येक बलरले असाधारण प्रयास गरे, प्रत्येक खेलाडीले आफ्नो भूमिका निभाए। त्यसैले त्यो जित सम्भव भयो ।’

‘त्यो विकेटमा १८०–२०० रन आदर्श स्कोर हुन सक्थ्यो । तर १४७ रन भएपछि हामीलाई थाहा थियो, दुई–तीन विकेट चाँडै निकाल्न सक्यौं भने खेलमा फर्किन्छौं । सबैले आफ्नो उत्कृष्ट दिन निकाल्नुभयो’ उनले भने ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका सन्दीपले व्यक्तिगत पुरस्कारभन्दा टोलीको सफलतालाई ठूलो उपलब्धि बताए ।

‘यो व्यक्तिगत उपलब्धिभन्दा पनि देशको जित हो । म्यान अफ द टुर्नामेन्ट पाउँदा खुसी लाग्छ, तर दीपेन्द्र, बशिर, गुल्शन, करण, आसिफ, रोहित सबैले उत्तिकै योगदान दिएका छन् । क्रेडिट सम्पूर्ण टोलीलाई जान्छ’ उनले भने ।

साथै उनले प्रशिक्षक, फिजियो, ट्रेनर, विश्लेषक, व्यवस्थापकदेखि सम्पूर्ण सपोर्ट स्टाफलाई ‘पर्दापछाडिका नायक’ भन्दै उनीहरूको योगदान बिना यो सफलता सम्भव नहुने उल्लेख गरे ।

सन्दीपका अनुसार नेपाली टोलीले अब छोटो विश्रामपछि पुनः तयारी सुरु गर्नेछ। एसिया कपमा छनोटसँगै एसियाली खेलकुद पनि टोलीको प्रमुख लक्ष्य रहेको उनले बताए ।

‘एक–दुई दिन आराम गरेपछि तयारी सुरु हुन्छ । एसिया कप त छँदैछ, त्यसअघि एसियाली खेलकुद पनि हाम्रो ठूलो लक्ष्य हो’ उनले भने ।

नेपालले एसीसी प्रिमियर कप जित्दै दोस्रो पटक एसिया कपमा स्थान सुरक्षित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा स्लो ओभर रेट कायम गरेको भन्दै पाकिस्तानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दोहोरो सजाय दिएको छ । आईसीसीका अनुसार बर्मिङ्घमको एजबास्टन टेस्टमा पाकिस्तान निर्धारित समयभन्दा ११ ओभर पछाडि परेको थियो । त्यसपछि खेलाडीको म्याच फीको ५० प्रतिशत जरिवाना लगाउनुका साथै विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को ११ अंक पनि कटौती गरिएको ...
। एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोली आइतबार राति स्वदेश फर्कियो । टोलीको स्वागतका क्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एसिया कपमा पुग्नु नेपाली क्रिकेटका लागि गौरवको विषय भएको भन्दै यसलाई आगामी यात्राको ठूलो अवसरका रूपमा लिनुपर्ने बताएका छन् । पारसले नेपाली टोलीले प्रतियोगिताभर उत्कृष्ट क्रिकेट खेलेको उल्लेख ...
। आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा एर्लिङ हालान्डको विजयी गोललाई मान्यता दिने निर्णय गलत भएको भन्दै प्रिमियर लिग रेफ्री निकाय ‘प्रो रेफ’ ले गल्ती स्वीकार गरेको छ । ओल्ड ट्राफर्डमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको खेलमा हालान्डले ६०औं मिनेटमा गरेको गोल सुरुमा अफसाइडका कारण अस्वीकार गरिएको थियो । तर भिडियो सहायक रेफ्री (भीएआर) को ...
। लामिन यमालको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्टेलाई ४–२ ले पराजित गर्दै लगातार पाँचौं जित निकालेको छ । भ्यालेन्सियामा भएको खेलमा बार्सिलोनाले पाँचौं मिनेटमै जाभी एस्पार्टको गोलबाट अग्रता लिएको थियो । त्यसपछि यमालले १९औं मिनेटमा अर्को गोल थपेपछि पहिलो हाफ २–० ले बार्सिलोनाको पक्षमा सकिएको थियो । दोस्रो हाफको ४८औं मिनेटमा यमालले पेनाल्टीमार्फत व्यक्तिगत ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर सिटीले जित हासिल गरेको छ । पहिलो हाफको २३औं मिनेटदेखि नै १० खेलाडीमा सीमित रहेको सिटीले म्यान्चेस्टर युनाइटेडलाई १-० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा एर्लिङ हालान्डले गरेको गोल निर्णायक बन्यो । हालान्डले ६०औं मिनेटमा जोस्को भार्डियलको पासमा गोल गरेका थिए । उक्त गोललाई सुरुमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम