मुख्य समाचार
ट्रम्पले उत्तरी आयरल्यान्ड र आयरल्यान्ड गणतन्त्रको एकीकरणको समर्थन दोहोर्‍याउँदै दुवै भूभाग एउटै राजनीतिक अस्तित्वमा रहनु स्वाभाविक हुने बताए
ट्रम्पले उत्तरी आयरल्यान्ड र आयरल्यान्ड गणतन्त्रको एकीकरणको समर्थन दोहोर्‍याउँदै दुवै भूभाग एउटै राजनीतिक अस्तित्वमा रहनु स्वाभाविक हुने बताए

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी आयरल्यान्ड र आयरल्यान्ड गणतन्त्रको एकीकरणको समर्थन दोहोर्‍याउँदै दुवै भूभाग एउटै राजनीतिक अस्तित्वमा रहनु स्वाभाविक हुने बताएका छन्। उनको अभिव्यक्तिले उत्तरी आयरल्यान्डको संवैधानिक भविष्यबारेको संवेदनशील बहसलाई पुनः तताएको छ।

दूनबेगस्थित आफ्नो गल्फ कोर्समा आइतबार आइरिस ओपनमा सहभागी हुने क्रममा उनले यस्तो धारणा व्यक्त गर्नुभएको हो । यसअघि शनिबार पनि उहाँले आयरल्यान्डको एकीकरणको सम्भावनालाई ‘उत्कृष्ट’ बताएका थिए। आयरल्यान्डका प्रधानमन्त्री मिचेल मार्टिनले भने यस विषयमा शान्त र संयमित दृष्टिकोण अपनाउन आग्रह गरेका छन्। राष्ट्रपति ट्रम्पले आफ्नो धारणा व्यक्तिगत राय भएको र त्यसलाई व्यापक समर्थन प्राप्त भएको बताए।

आयरल्यान्डको विभाजनपछि उत्तरी आयरल्यान्डका छ काउन्टी संयुक्त अधिराज्यमै रहेका छन्। एकीकरण समर्थक राष्ट्रवादी र बेलायतमै रहन चाहने युनियनवादीबीचको विभाजनले सन् १९६० को दशकको अन्त्यदेखि दशकौँ लामो हिंसा निम्त्याएको थियो । ‘द ट्रबल्स’ भनिने उक्त द्वन्द्वमा करिब तीन हजार छ सय जनाको मृत्यु भयो।

सन् १९९८ को गुड फ्राइडे सम्झौताले हिंसा अन्त्य गर्दै उत्तरी आयरल्यान्डको संवैधानिक भविष्य जनताको इच्छामा निर्भर रहने व्यवस्था गरेको छ । सम्झौताअनुसार एकीकरणको पक्षमा बहुमत पुग्ने पर्याप्त आधार देखिएमा जनमतसङ्ग्रह गर्न सकिनेछ । बेलायत सरकारले भने त्यस्तो मतदानका लागि आवश्यक अवस्था अझै नबनेको बताउँदै आएको छ।



उत्तरी आयरल्यान्डका डेमोक्रेटिक युनियनिस्ट पार्टीका नेता गेभिन रोबिन्सनले राष्ट्रपति ट्रम्पको टिप्पणीको आलोचना गर्दै संवैधानिक भविष्य त्यहाँका जनताले नै निर्धारण गर्ने बताएका छन्। ब्रिटिस सरकारले पनि गुड फ्राइडे सम्झौताप्रतिको आफ्नो समर्थन दोहोर्‍याउँदै जनमतसङ्ग्रहका लागि आवश्यक परिस्थितिमा मात्र विचार गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यमनका इरान–समर्थित हुथी विद्रोहीले दक्षिणी लाल सागरका थप रणनीतिक टापुहरू कब्जा गरेका छन् । सरकारी र हुथी अधिकारीका अनुसार सोमबार भएको यो कदमले महत्वपूर्ण समुद्री जलमार्गमा विद्रोहीको नियन्त्रण थप बलियो बनाएको छ। हुथीहरूले ‘ग्रेटर हानिश’ र ‘लेसर हानिश’ टापुमा नियन्त्रण कायम गरेका हुन्। यो घटनाक्रम साउदी अरबको समर्थन प्राप्त यमनी सरकारी सेनाले ‘बाब अल–मान्देब ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई), व्यापार तथा लगानी सहजीकरण, डिजिटल उद्योग, स्मार्ट उत्पादन तथा प्रतिभा विकासका क्षेत्रमा ‘विस्तारित ब्रिक्स’ सहकार्यका लागि ५ वटा महत्त्वपूर्ण प्रस्ताव गरेका छन्। नयाँ दिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सम्बोधन गर्दै राष्ट्रपति सीले ‘विस्तारित ब्रिक्स’ले विश्वमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै थप विकास हासिल गर्नुपर्ने तथा व्यावहारिक ...
। युक्रेनको पोल्यान्ड सीमाना नजिक रुसी ड्रोनले एउटा रेलमा आक्रमण गरेको छ। आक्रमण हुनुभन्दा केही समयअघि मात्रै वरिष्ठ विदेशी अधिकारीहरू सवार कूटनीतिक रेल सोही क्षेत्रबाट अघि बढेको युक्रेनको सरकारी रेल सेवा कम्पनीले जनाएको छ। युक्रेनको सरकारी रेल सेवा कम्पनीका अनुसार आइतबार पोल्यान्डसँगको सीमाना नजिक रहेको याहोदिन रेल स्टेसनमा रोकिएको रेलको इन्जिनलाई रुसी ड्रोनले प्रहार गरेको थियो। ...
। डोनाल्ड ट्रम्पले एआईको गति सुस्त बनाउने मागलाई अस्वीकार गरेका छन्। टेक प्रमुखहरू र डेमोक्रयाटहरूले एआईको नियमन कडा बनाउन आग्रह गरेका थिए। प्रविधिले अस्तित्वकै खतरा निम्त्याउने डर बढेपछि उनीहरूले यस्तो माग गरेका थिए। अमेरिकाका केही प्रमुख एआई समूहका प्रमुखहरूले यो सप्ताहन्तमा विकासको गति सुस्त बनाउन आह्वान गरेका छन्। एन्थ्रोपिकका डारियो अमोडेई, ओपनएआईका सैम अल्टम्यान र स्पेसएक्सका ...
। स्विडेनमा सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा अन्तिम परिणाम कस्तो आउनेछ भन्ने अझै स्पष्ट भइसकेको छैन। यद्यपि, वर्तमान सत्तासीन दक्षिणपन्थी गठबन्धन भने पछाडि परिरहेको छ। स्विडेनको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ म्याग्डालेना एन्डरसनले विपक्षी गठबन्धनले अग्रता लिइरहेको र यही नतिजा कायम रहे स्विडेनले नयाँ सरकार पाउने आफ्ना समर्थकहरूलाई बताएकी छन्। आइतबार स्थानीय समयानुसार राति ८ बजे मतदान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम