मुख्य समाचार
ओलीले दमनकारी, पीडक, जनविरोधी र अत्याचारी शासकको अन्त्य हुने दाबी
ओलीले दमनकारी, पीडक, जनविरोधी र अत्याचारी शासकको अन्त्य हुने दाबी

: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमनकारी, पीडक, जनविरोधी र अत्याचारी शासकको अन्त्य हुने दाबी गरेका छन्। वर्तमान सरकारप्रति लक्षित गर्दै ओलीले दमनकारी शासकको नाश हुने बताएका हुन्।

नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाउ सुुझाव कार्यदलले बुुझाएको ध्यानाकर्षण पत्र बुुझ्दै उनले आफू ब्यक्तिगत रुपमा विगत ६० बर्षदेखि समानता र स्वतन्त्रताको यात्रामा अघि बढिरहेको र जनताका हक अधिकारलाई लिएर लडाईंको मैदानमा उभिइरहेको बताए।

‘स्वतन्त्रताको पक्षमा उभिएकाहरुलाई अहिलेका शासकहरूले पनि बुझ्नुपर्छ। ‘अरु अप्ठेरोमा पर्दा रमाउँछ, त्यस्ता शासकहरूको जनताबाट विरोध हुन्छ, त्यस्ता शासकहरूको नाश हुन्छ।,ओलीले भने।




कार्यदलले सञ्चारमाध्यमलाई दिइदै आएको लोककल्याणकारी विज्ञापन कटौती, बजारको मन्दी र सरकारी बेवास्ताका कारण भोग्नुपरेको संकटबारे ध्यानाकर्षण गराएपछि ओलीले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काका पूरक भएको बताए। उनले मिडियामाथिको प्रहार समग्र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने उल्लेख गरे।

अहिलेको सरकार छापामार नभइ ‘छापा–मार’ सरकार जस्तो देखिएको कारण सञ्चारमाध्यमलाई अप्ठ्यारो परेको ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. शशांक कोइरालाले पार्टी संस्थापन पक्षले अदालतको निर्णय प्रतीक्षा नगरी एकलौटी रुपमा अघि बढाइएका निर्णयहरूलाई कुनै हालतमा उचित मान्न नसकिने बताएका छन् । सोमबार आयोजित इतर पक्षको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । घोषणा भएको १५ औं महाधिवेशनको कार्यतालिका स्थगित गरेर वर्ता र संवादमार्फत सहमतिमा पुग्ने काम ...
। दोधारा चाँदनी नगरपालिका-४ मालिकाटोलका ६० वर्षीय जित दमाई महाकाली नदीमा गाई गोरु तार्ने क्रममा बेपत्ता भएका छन्। बिहीबार गाई गोरु महाकाली नदी पार गराउने क्रममा दमाई नदीमा डुबेर बेपत्ता भएका हुन्। घटनालगत्तै उनको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। अहिलेसम्म उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशको विवाद मिलाउन विशेष टोली बनाएर खटाएको छ । रास्वपाको प्रथम महाधिवेशन गत असार दोस्रो साता चितवनमा सम्पन्न भएको थियो । तर मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सा बाहेकका अन्य सात वटा जिल्लामा अझैसम्म अधिवेशन हुन सकेको छैन । यस सन्दर्भमा रास्वपाले विशेष टोली परिचालन गरेको हो । यही भदौ ५ गते बसेको ...
। अमेरिकाले बाढीबाट प्रभावित दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्‍याउन सशस्त्र प्रहरी बललाई व्यावसायिक कार्गो ड्रोन सहयोग गरेको छ । अमेरिकामा निर्मित अमेरिकामा निर्मित ‘फ्रिफ्लाई अल्टा एक्स जेनटु’ ड्रोन सोमबार अमेरिकी दूतावासका उपप्रमुख नियोग प्रमुख स्कट अर्बोम, सार्वजनिक मामिला प्रमुख माइक हार्कर र क्षेत्रीय सुरक्षा अधिकृत विल भनले हस्तान्तरण गरे । सशस्त्र प्रहरीले ड्रोनको ...
। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औं महाधिवेशनका लागि असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले सार्वजनिक गरेको असोज ३ गतेबाट सुरु हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन इतर समूहले आह्वान गरेको हो। इतर समूहले डा शशांक कोइरालाको संयोजकत्वमा १५औं महाधिवेशन केन्द्रीय महाधिवेशन तयारी समिति बनाएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम