मुख्य समाचार
यमनका इरान–समर्थित हुथी विद्रोहीले दक्षिणी लाल सागरका थप रणनीतिक टापुहरू कब्जा
यमनका इरान–समर्थित हुथी विद्रोहीले दक्षिणी लाल सागरका थप रणनीतिक टापुहरू कब्जा

। यमनका इरान–समर्थित हुथी विद्रोहीले दक्षिणी लाल सागरका थप रणनीतिक टापुहरू कब्जा गरेका छन् । सरकारी र हुथी अधिकारीका अनुसार सोमबार भएको यो कदमले महत्वपूर्ण समुद्री जलमार्गमा विद्रोहीको नियन्त्रण थप बलियो बनाएको छ।

हुथीहरूले ‘ग्रेटर हानिश’ र ‘लेसर हानिश’ टापुमा नियन्त्रण कायम गरेका हुन्। यो घटनाक्रम साउदी अरबको समर्थन प्राप्त यमनी सरकारी सेनाले ‘बाब अल–मान्देब जलसन्धि’ आसपास हुथीहरूको तीव्र अग्रगमन रोक्न जवाफी कारबाहीको प्रयास गरिरहेका बेला भएको हो।

विश्व व्यापार र तेल ढुवानीका लागि महत्वपूर्ण मानिने बाब अल–मान्देब जलसन्धि लाल सागर एडेनको खाडी र हिन्द महासागरसँग जोड्ने प्रमुख समुद्री मार्ग हो।

सरकारी दुई अधिकारी र एक हुथी अधिकारीका अनुसार, सरकारी गठबन्धनका सयौँ सैनिक उक्त द्वीपसमूहबाट पछि हटेपछि हुथी लडाकु बाब अल–मान्देबबाट करिब १६० किलोमिटर उत्तरमा रहेका हानिश टापुमा तैनाथ भएका हुन्। पत्रकारसँग कुरा गर्ने अनुमति नभएकाले उनीहरूले नाम सार्वजनिक नगर्ने सर्तमा जानकारी दिएका थिए।



हुथीहरूले गत साता नजिकैको मुख्य भूमिमा रहेको बन्दरगाह सहर मोखा र बाब अल–मान्देबभित्र पर्ने मायुन टापु कब्जा गरेका थिए। पछिल्लो अग्रगमनसँगै उनीहरू जलसन्धिको अर्को किनारमा रहेको जिबुटीस्थित अमेरिकी सैन्य आधारबाट करिब ३२ किलोमिटरको दूरीमा पुगेका छन्।

हुथीहरूको पछिल्लो सफलताले उनीहरूलाई लाल सागर हुँदै हुने साउदी तेल ढुवानीमा थप दबाब सिर्जना गर्ने क्षमता दिएको छ। यस क्षेत्रको तनाव बढ्दा विश्वव्यापी तेल आपूर्ति र मूल्यमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ।

सरकारी सेनाले सुरुमा खासै प्रतिरोध नगरी पछाडि हटे पनि सप्ताहन्तमा पुनः सङ्गठित हुने प्रयास गरेको थियो। यमनी सेनाले आइतबार अबेर जलसन्धिको उत्तरमा रहेको रणनीतिक सहर धुबाबतर्फ सरकारी सेना अघि बढिरहेको जनाएको छ।

तीन वर्षदेखि तुलनात्मक रूपमा कायम रहेको युद्धविरामपछि यमनमा पुनः बढेको लडाइँले देशलाई पूर्णस्तरीय गृहयुद्धतर्फ फर्काउने जोखिम बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो-जिनले राजीनामा दिएका छन् । एआई प्रयोग गरेर परीक्षा अनियमितता गरिएको घटनापछि विश्वविद्यालय प्रवेश परीक्षामा हतारहतार कडा नियम लागू गर्दा परीक्षार्थी र शिक्षकहरूमा अन्योल सिर्जना भएको भन्दै उनले पद छाडेका हुन् । आइतबार राजीनामा घोषणा गरेका चोइको प्रस्ताव राष्ट्रपति ली जे-म्युङले करिब एक घण्टाभित्रै स्वीकृत गरेका छन् । नयाँ शिक्षामन्त्री नियुक्त ...
। मोदीले भारत र नेपालबीच केवल छिमेकी देशको मात्र सम्बन्ध नभई दुवैको इतिहास, संस्कृति र परम्परा पनि एकअर्कासँग जोडिएको बताए। दुवै देशका जनताबीच सदियौँ पुरानो सम्बन्ध छ। सन् २०१८ मा गरेको आफ्नो जनकपुर भ्रमणको स्मरण गर्दै उनले भारत र नेपालको सम्बन्ध भगवान् राम र माता सीतासँग पनि जोडिएको बताए। जनकपुरलाई माता सीताको जन्मस्थल मानिन्छ भने अयोध्या ...
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकालाई युद्धमा पराजित देशको संज्ञा दिँदै अब उसले विश्वमाथि आफ्नो सर्त थोपर्न नसक्ने बताएका छन् । इरानमाथि अमेरिका र इजरायलले गरेको युद्धमा पराजय व्यहोरेपछि विश्व व्यवस्था परिवर्तन भएको उनको दाबी छ । एक्समा लेख्दै रेजाईले सन् २०२६ को इरान सन् १९४३ को तेहरान सम्मेलन र सन् १९४५ को याल्टा ...
। इजरायल–हमास द्वन्द्वका कारण गाजा क्षेत्रमा तीन लाख ५० हजार परिवार तत्काल आवासको आवश्यकतामा रहेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । हमासद्वारा सञ्चालित सार्वजनिक निर्माण तथा आवास मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा द्वन्द्वका क्रममा करिब चार लाख १० हजार आवासीय एकाइमा क्षति पुगेको जनाएको छ । तीमध्ये तीन लाख ३५ हजार पूर्ण रूपमा ध्वस्त भएका छन् भने ...
। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई प्रतिस्थापन गर्न खोजिरहेका नेताको नेतृत्वमा इजरायली राजनीतिक व्यक्तित्वहरूको एक समूहले आइतबार वेस्ट बैंकका प्यालेस्टिनी गाउँहरूमा अतिवादी बसोबास गर्नेहरूले रातारात गरेको आक्रमणको निन्दा गरेको छ। धेरै नेताहरूले यी आक्रमणहरूलाई ‘यहुदी आतंकवाद’ भनेका छन्। ‘सवारी साधन र घरहरूमा आगजनी गर्ने अतिवादी समूहहरूले क्षेत्रीय स्थिरतालाई कमजोर बनाइरहेका छन्। यसले मानिसको जीवन जोखिममा पारेको छ। साथै, ...